एलबी थापा प्यूठान, चैत १४ गते । प्यूठानका सरोकारवालाहरुले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् । आयोग गठनको आवस्यकता र महत्व विषयक सदरमुकाम खलंगामा आयोजित जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उनीहरुले तत्काल आयोग गठन गरी सरकारले काम थाल्नुपर्ने बताएका छन् । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) प्यूठानको आयोजनामा संचालीत एकदिने अन्तरक्रियामा आयोगको आवश्यकता, गठन प्रक्रिया, आयोगले गर्ने काम कर्तब्यको बारेमा बृहत रुपमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रतिनिधिहरुले मेलमिलाप आयोग गठन गर्नमा ढिला भएको स्विकारर्दै आयोग गठनका लागि आफुहरुले जिल्ला स्तरबाटै दवावका कार्यक्रम गरी गठन प्रक्रियलाई तिब्रता दिने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागी मानवअधिकारकर्मीहरुले संविधान निर्माणको नाममा दलहरु अल्झिँदा आयोग गठनमा ढिला गरिएकोले यसको समय अँझै लम्बाएमा द्वन्द्वको समयमा भएका घटनाहरुको प्रमाण नष्ट हुँदै जान सक्ने भन्दै सरकारको ध्यानकर्षण गराएका छन् । सोही अवसरमा बोल्दै अधिवक्ता मेघराज भट्टले अधिकांस ग्रामीण भेगका धेरै द्वन्द्व पिडीतहरुले राज्यको अस्थिरताको कारण उजुरी नै दिन नपाएको र यसका लागि राज्य संयन्त्र स्थानीय निकायमार्फत गाउँ गाउँ पुग्नुपर्ने र सत्य तथ्य पहिचान गरी त्यस्ता घटनाका पिडितहरुको खोजी गरी राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले विगतका दिनहरुमा सरकारी संयन्त्रले प्रभावकारी रुपमा काम गर्न नसक्दा जिल्लाका कतिपय पिडीतहरुले सरकारले दिने राहत पाउनबाट बञ्चित हुनुपरेको टिप्पणी गर्नुभयो । जिल्ला स्तरीय अन्तरक्रियामा जिल्लाका सम्पुर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, मानवअधिकारकर्मी, द्वन्द्व पिडीत, नागरिक समाज, पत्रकार लगायतको एक सय बढीको सहभागीता रहेको थियो । यस्तै यसअघि हरप्लेसले जिल्लाका १० गाविसमा गाउँ स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी आयोग गठनको आवस्यकता र महत्वबारे दबाबका कार्यक्रम गर्दै आएको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।