Wednesday, March 21, 2012

कमजोर आर्थिक अवस्थाका सुनारको उपचारका लागि चन्दा संकलन

बांगेमरोठ, ८ चैत्र । स्थानीय सिद्धाकाथाना भिरबाट लडेर गम्भिर घाइते हुनुभएका बाङ्गेमरोठ–२ निवासी दिपक बहादुर सुनारको उपचारको लागि रकम अभाव भएको छ । १८ वर्षिय सुनारको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार गर्न समस्या परेको परिवारजनले जनाएका छन् । सुनारको उपचारको लागि भैरहवा मेडिकल कजेल रुपन्देहीमा लगिएको छ ।
आर्थिक अभाव भएपछि गाउँलेहरुले चन्दा संकलन अभियान थालेका छन् । अभियानकै क्रममा जिविस प्यूठानले पाच हजार रुपैया सहयोग गरेको छ । अस्पतालले उपचारको लागि ३ लाख रुपैया लाग्ने बताएको छ ।
समाचार साभारः प्यूठान समाचार साप्ताहिक

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।