![]() |
| प्रसिद्द स्वर्गर्दारी |
स्वर्गद्वारी आश्रम
परिचय -
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल प्यूठान जिल्लाको स्वर्गारीखाल गा.वि.स. वडा न. २ मा अवस्थित स्वर्गारी तपो भुमी समुन्द्र सतह देहि ठण्ण्ण् फीटको उचाईमा पर्दछ । २६०० रोपनी क्षेत्रफलमा यस आश्रम अवस्थित रहेको छ । सत्य यूगमा देवताहरूले यात्रा गरेको तपोभूमिमा रोल्पा जिल्लाको रूम्टी गाँउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रमु बालतपस्वि श्री नारायण गौतम १९५१ मा स्वर्गारीमा आयपिछ वेदका मन्त्रारा अग्नी प्रज्योलित गरी १९१६ बैसाख पूर्णिमा देखि अखण्ड महायज्ञ सुरू गर्नु भएको हो । विश्व शान्तीको लागि सचालीत अखण्ड यज्ञ हाल सम्म आईपुग्दा सम्म पनि निरन्तररूपमा अग्नी वोलीरहेको छ ।
प्रभुको बाल्यकाल -
रूम्टीमा जन्मनु भएका नारायण गौतम आफ्नो छैटीको दिन आमाले मासु आहार गरेको थाहापाई ३ - तिनं दिन सम्म भोकै बसी दशौ दिन वाट कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेर देखि शिवको भक्त हुनुहुन्थ्यो । गाँउको माथी एउटा स्मणीय ओढारमा छ वर्षको उमेरमा अदृश्य भई ३ वर्ष पिछ विवानका रूपमा प्रकट हुनु भएको थियो ।यसरी १९४२ मा गुरू सच्चिदानन्द गिरीबाट सन्यासको दिक्षा प्राप्त गरेपिछ उहाँको नाम हसानन्द गिरी भएको हो । उहाँ आफ्नो गाँउ छाडी चेलाहरू सहित धर्म रक्षाका लागि हिडनु भयो । उहाँ हिडदा हिडदै स्वर्गारी नाम उच्च पर्वतमा पुगेपिछ त्यहा प्राचिन यज्ञशाला रहेको समतल भूमिमा बाझको बृक्षमुनि आश्रम राखि बस्ने ईच्छा प्रकट गर्नु भयो । प्राचीन कालमा यज्ञ गरेको अवशेषहरू फेला परे पिछ त्यस ठाँउमा मन्दीर स्थापना गर्नु भयो ।
स्वर्गको द्वार --गुप्तीसागरं
स्वर्गारीको उच्चटाकुरामा एउटा गुफा रहेको छ । उक्त गुफा बाट प्रभुले स्नानको निम्ति २३०० मिटर तल लुग्री माडीको दोभानमा झर्नु भई सोहि द्वार मार्फत नै पिर्ता हुने गर्नु हुन्थ्यो भन्ने चलन छ र हाल उक्त गुफाको द्वारलाई स्वर्गको द्वार - स्वर्ग जाने बाटों र गुप्तीसागर भन्ने चलन छ । यो द्वार खोज र अनुसन्धानको विषय बनेको छ ।
स्वर्गारीको महत्व
प्रभुलाई शिवको अवतार मानिन्छ । पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पुँजा गरिन्छ भने स्वर्गारीमा हिन्दुहरूका सम्पूर्ण पुजा, अग्नी को हवन गर्ने विधीविधानवाट सञ्चालीत विश्वको एकमात्र हिन्दुहरूको सस्कार अनुसार चलेको स्वर्गारी मात्र रहेको शकराचार्य जयन्द्र सरस्वतीले स्वर्गारीको भ्रमणमको क्रममा व्यक्त गर्नु भएको थियो । साथै समतल टाकुराबाट हिमसिखर हरू र रमणीय दृष्य अवलोकन गर्ने स्वर्गारी मा पुग्दा साच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ ।
हवनकुण्ड
बेदारा अग्नि स्थापना गरि दिप प्रज्ज्वलीत भएको १०० वर्षसम्म निरन्तर अग्नि जलीरहेको छ भने घिउद्वारा पुँजा गरिरहने हवनकुण्ड आश्रम भित्र रहेको छ । बेद गुरूहरूद्वारा पुँजा गरिने उक्त हवनकुण्डको विभुती प्रसादीको रूपमा ग्रहण गरिन्छ । उक्त विभुती ग्रहण गर्दा रोग व्याधि नलाग्ने विश्वास छ ।
गोवर्द्धरन पर्वत
प्रभूले यज्ञशालाको शुरूवात गरेपिछ गौशाला समेतको वन्दोबस्त गरी प्रत्येक गाईतिहारको दिन गोबद्धन पर्वतको पुजा गर्ने र गाईहरूलाई पिडो दिने ब्यबस्था गर्नु भएको थियो त्यसैले हेरक लक्ष्मी पुजामा यहाँ दोश्रो ठूलो मेला लाग्दछ ।
गौशाला-
प्रभुको १९९७ मा ब्रह्मलीन हुनुपूर्व करिव एक हजार गाई आश्रममा रहेका थिए भने हाल गाई गोरू १५० र भैसी २५ वटा रहेका छन । यिनीहरूको पालनपोषण गर्न घण् जना ग्वालाहरू रहेका छन् । दुध घ्युवाट आश्रमको नित्य पुजा र आउने पाउनाहरूलाई चियाको व्यबस्था गर्ने गरिएको छ । साथै करिव ज्ञण्ण् रोपनी जग्गामा गाई भैसीको गोवरबाट अत्यन्त मलिलो माटोमा उत्पादन हुने भाजी साग को साथ आउने भक्रजनहरूलाई निशुल्क खान खुवाउने व्यबस्था रहेको छ ।
पाँच कुण्ड-
आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सुर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी छ कुण्डहरूमा वैदिकविधी पूर्वक दैनिक ४ पटक पुँजा गरिन्छ ।
बाझको बोट
हवनकुण्डको नजिकै रहेको विशाल वृक्ष छ । जुन रूखमुनी प्रभु सवै भन्दा पहिले वसेर ध्यान गर्नु भएको थियो ।
प्रभुको रथयात्रा -
तिहारको औसीका दिन र दशैको फूलपातीका दिन प्रभुको सम्झनामा देश विदेशबाट आएका हजारौ हजार भक्तजनसमेतको उपस्थितीमा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ
शिद्धवावाको मन्दिर-आश्रमदेखि माथि पट्टिको डाडामा शिद्धवावाको मन्दिर रहेको छ र त्यसमा महिनाको पहिलो आईतवार पुजा गर्ने प्रचलन रहेको छ ।
वेद पाठशाला -
आश्रम को आम्दानी बाट आ।श्रम भित्रनै वेद पाठशालाको स्थापना गरिएको छ । वेद गुरूद्वारा पढाईने उक्त पाठशालामा हाल द्दण् जना विद्वाथर्हिरू अध्ययनरत छन । त्यहाबाट उत्पादन भएका जनशत्तिहरू आश्रमकै लागि तयार गरिन्छ र त्यहा वेद , रूद्री, चण्डी, अग्नि र अमरकोषको अध्यापन गराईन्छ ।
व्यबस्थापन
स्वर्गारी आश्रम प्यूठानको द्दटण्ण् रोपानी जग्गा बाहेक दाङ जिल्लाका विभिन्न ठाउमा ज्ञण्छण् विघद्वाह जमिन रहेको छ । त्यहाबाट उत्पादन हुने खाद्वान्नबाट स्वर्गारीको दर्शनमा आउने भक्तजनहरू र त्यहा कार्यरत सम्पूर्णलाई निशुल्क भोजन र आवासको व्यबस्था गरिन्छ । सम्पूर्ण व्यबस्थापन हेर्ने एक जना व्यबस्थापक र स्टोर हेर्न एक जना भण्डारेको व्यबस्था छ । आउने भक्तजनहरूलाई प्रसादीको छुट्टै व्यबस्था आश्रमले गर्दै आएको छ । यसको मुख्य कार्यालय, त्रिभुवन नगरपालीका वडा न. ज्ञज्ञको झीगौरामा रहेको छ भने प्यूठानको स्वर्गारी र दाङ जिल्लाकै देउखुरी चौलाही पहाडमा पनि कार्यालय रहेको छ ।
मुख्य मेला लाग्ने दिन -
आश्रममा मुख्य मेला बैषाख पुर्णीमा, जेष्ठ, भाद्र, कार्तिक र माघे सक्रान्तिमा लाग्ने गर्दछ र यहाका मुख्य तिर्थयात्रीहरू भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन भने नेपालका आन्तरीक तिर्थयात्रीहरू रहेका छन ।
स्वर्गारीमा कसरी पुग्ने -
पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङ देखि उत्तर १० कि.मि. पुगे पिछ प्यूठानको सीमामा पुगिन्छ । त्यहा देखि ३२ कि.मि. देविस्थान चकचके पुगे पिछ प्यूठान सदरमुकाम जाने सडक छोडी रोल्पा जाने सडक हुदै भिगृ बजार १९ कि.मि. पुगेपिछ त्यहा देखि स्वर्गारी सम्म कच्चि मोटरबाटोबाट पुगिन्छ ।
खलंगा शिवालय मन्दिर
प्युठान खलंगा सिकुवा डाँडामा अवस्थित रामेश्वर महादेवको मन्दिर स्थापना पुर्व पौवा वनेको थियो । अनुश्रीत अनुसार इशाको पन्ध्रौ सताव्दी तिर जय मल्ल नामक राजाले पाटी पौवा चौतारी वनाइ गुठी राखि दिएका थिए । सिकुवा डाँडाँमा पौवा स्थापना गरी अक्षय तृतियाको दिनमा भोज भत्यार खुवाउन र नित्य पुजाको निम्ति ९०० मुरी खेत गुठी राखेकोमा यसैवाट कट्टी गरी शिवालय गुठी राखियो । वि.स. १८६१ को रुक्का पत्रमा यसको गुठी वारे उल्लेख छ । मन्दिरमा नित्य पुजा आजा गर्दा वजाइने नगरा , रासा, धोपा आदिको व्यवस्था गर्न वैशाख महिनाभर वटुवाको लागि सर्वत खुवाउन र जात्रा खर्चको समेत स्थानिय जनताहरुलाइ उछाउनी, पछाउनी, झारा, वेगारी नलागोस भनी ३५० मुरी जग्गा गुठी राखिएको थियो । यहाँ विभिन्न भक्तजनहरुले विभिन्न वस्तुहरु चढाउने क्रममा वि.स. १९२४ को हुकुम मर्जी वमोजिम कप्तान धोलक सिं वस्नेतले घण्टा चढाएका थिए । यहाँको प्यागोडा शैलीको मन्दिर वर्गाकारको जगातीमा आधारित छ । एकतले तथा दुइ छाने यस मन्दिरको आधारको आधार पेटीका भु सतह देखि करीव २ फिटको उचाइमा छ । स्थानिय भेगमा पाइने काठ, ढुंगा, टायल तथा धातुको उपयोग गरी वनाइएको यस मन्दिरको वरीपरी कलात्मक काठको स्तम्भवली छन । यसको वरण्डा नै प्रदक्षिण पथको रुपमा प्रयोग गरिएको छ भने पुर्व र पश्चिम पट्टी प्रवेशद्धार, उत्तर र दक्षिण पट्टी आँखी झ्यालहरु छन । काठमाण्डौ उपत्यकाका अधिकांश शिवालयहरुको चारैतिर प्रवेशद्धार हुन्छन भने यसको आफ्नै विशेषता छ । पूर्वपट्टीको प्रवेशद्धारको दायाँ वायाँ भित्तामा भैरव तथा पार्वतीका मुर्ति राखिएका छन । दुवै छाना टायलले छाइएको यस मन्दिरको माथिल्लो पट्टी कलात्मक गजुर छ । माथिल्लो तलाको झ्याल पनि सामान्य छ भने तोरण तथा टुँडालहरुमा कलात्मक आकृतीहरु अंकित गरिएका छन । मन्दिरको गर्भगृहमा शिवलिंग स्थापना गरी वरिपरि प्रस्तुत मुर्ति तथा साँढेको आकृति वनाइएको छ । यो मन्दिर आधुनिक कलाको कलात्मक कृति भए पनि पुरानो शैली र ढाँचा जगेर्ना गरेको हुँदा वास्तुकलाको दृष्टिले महत्वपुर्ण छ ।
खलंगा भिमसेन मन्दिर
नेवारहरुको वाहुल्यता भएको खलंगा तथा विजुवार वजारमा भिमसेनका कलात्मक एवं आकर्षक प्यागोडा शैलीका मन्दिरहरु छन् । खलंगाको भीमसेन मन्दिरको गर्भगृहमा शास्त्रीय आख्यान अनुकूलका प्रस्तर मूर्ति र यसको आपसमा काठ ढुङ्गाका मूर्तिहरु पनि रहेका छन्। । स्थानीय भक्तजनहरुले यी मुर्तिहरुलाइ भीमसेनका दाजु भाइ भन्दछन् । मुर्तिमा भीमसेनलाइ उभिएको आकृतिमा तरवार र ढाल लिएको देखाइएको छ । दुइ तले पूर्व पट्टि प्रवेशद्धार भएको यो मन्दिरको तल्लो तल्लामा गर्भ गृह छ भने प्रदक्षिणको निमित्त सामान्य आधार पेटिका वनाइएको छ । एउटा मात्र प्रवेशद्धार भए पनि कलात्मक दृष्टिले विशेष उल्लेखनिय छ । यसको माथिल्लो पट्टी अर्ध चन्द्रकारको तोरणले फुल वुट्टा पशु पंछी तथा भयावह आकृती अंकित गरी तान्त्रिक प्रभावको प्रतिनिधित्व गरेको छ । यसको पुजा आजा जनसाधारणवाट हुदै आएकोमा वि.स. १८८२ मा धोवाघाट बाँझवारी र काफलवोटमा ४५ मुरी खेत गुठी राखिएको थियो ।
खलंगा गणेश मन्दिर
खलंगा वजारमा अवस्थित गणेशको मन्दिरको जगती वर्गाकारको छ । भु सतह देखि १ फीट माथि अवस्थित यो मन्दिर एक तले तथा दुइ छाने प्यागोडा शैलीमा आधारीत छ । मन्दिरको तल्लो तहको दक्षिण पट्टी भित्तामा एउटा ढोका र पुर्व पश्चिममा दुइवटा आँखि झ्यालहरु वनाइएका छन । यसको तोरणमा धातुको जलप वनाइ कलात्मक एवं आकर्षक वुट्टा सहित सजाइएको छ । मुलद्धारको माथिल्लो पट्टी पित्तलको कलात्मक तथा आकर्षक गजुर वनाइएको छ । यसको गर्भ गृह उत्तर पट्टी अवस्थित गणेशको प्रस्तर मुर्तिकाल क्रममा निकै खिर्इएको छ । यहाँ भिमसेनको प्रस्तर मुर्ति पनि देखिन्छ । यसको संचालन तथा मर्मत संभारको निम्ति गुठी राखिएको छ ।
निर्मलनाथको मन्दिर
दाखाक्वाडीमा अवस्थित निर्मलनाथलाइ प्युठानी राजा पृथ्वीपति शाहले गुठी दिइ ताम्रपत्र वनाइ दिएका थिए । वि.स. १७६० मा यसलाइ खोलाखेत एकसय मुरी र डिहीवारी समेत गुठी दिइ कसैले अवरोध खडा नगरोस भनी ताम्रपत्र वनाइ दिएका थिए । यहाँ अवस्थित प्यागोडा शैलीको मन्दिर स्थानिय काठ, ढुंगा, टायल आदी भौतिक सामाग्रीहरुको संयोजनले वनाइएको छ । वर्गाकारको जगती माथि अवस्थित यस मन्दिरको पश्चिम पट्टि मूल प्रवेशद्धार छ । वर्गाकारको जगती माथि अवस्थित सामान्य शैली र ढाँचामा आधारीत देखिन्छ । यसका दुइ छाना टायलले छाइ बीचमा माटोको गजुर राखिएको छ । यसको तोरण र टुँडालहरु सादा र सामान्य छन । यसको गर्भगृहको विचमा योगी निर्मलनाथको र छेउमा शिष्यको समाधि र त्यसको उत्तर पुर्व कुनामा भैरवको मुर्ति राखिएको छ । काठमाण्डौ उपत्यकाका भैरव आदि केही तान्त्रिक देवताहरुको केही मन्दिरहरुमा आयतकार पनि छन त्यस्ता मन्दिरमा मुर्ति माथिल्लो तलामा राखि तल्लो तलामा वस्ने स्थान वनाएको देखिन्छ । तर यस थानको समाधि र कुनामा चलायमान भैरवको मुर्ति छ । भैरवको उल्लेख भने एतिहाँसिक कागजपत्रमा देखिए पनि खास शैलीगत आधारमा मध्यकालीन देखिन्छ ।
कालिका मन्दिर
विजुवार वजारमा अवस्थित कालिका मन्दिर सत्रौ अठारौ शताव्दीको शक्ति पिठ हो । भारत तुल्सीपुर नजिकै अवस्थित पाटन देविको पर्वमा पूजा आजा गर्न प्युठानका भट्ट व्राहमणहरु जान्थे भने कालान्तरमा कालिका देवीको पुजा आजा गर्न थाले । राजगुठी पौवा गुठी ग्रहण गरी आएका पुजारीहरुले सामान्य ढंगले दायित्व पुरा गर्दछन । वि स १९६७ को गुठी पत्र पाइए पनि यस भन्दा अधि देखि नै लोकपिय हुँदा संरक्षण तथा संचालनको व्यवस्था सरकारी क्षेत्रवाट गरिएको प्रतित हुन्छ । यहाँ धर्मभिरु व्यक्तिहरुले विभिन्न सामग्रीहरु चढाउने सिलसिलामा पुराना सामाग्रीहरुको अस्तित्व फेला नपरे पनि वि.स. १९४४ र वि.स. १९६० मा घण्ट तथा चाँदी दिइएको देखिन्छ । प्युठान तथा अन्य छिमेकी क्षेत्रका जनताहरु आफ्नो फलोच्छा पुर्ति गर्ने कामनाले कालिका मन्दिरमा वली पुजा गर्ने प्रचलन छ । यो मन्दिर एक तले र एक छाने वनाइ वरीपरी प्रदक्षिण पथ वनाइएको छ । दक्षिण पट्टी प्रवेशद्धार भएको यस मन्दिरको वरीपरी प्रदक्षिण पथ वनाइ तोरण भने पुरानो मन्दिर कै वनाइएको छ । हालको परिवर्तित रुपमा टुँडालको आवश्यकता नदेखिदा भित्तामा टुँडाल सजाइएको छ । टुँडालहरुमा सिंह, अप्सरा, वृक्ष, लतापातका आदि अंकित छन । नयाँ मन्दिर भने पुरानो शैली भन्दा भिन्न ढंगले बनाइएको छ । यस क्षेत्रको महत्वपुर्ण शक्ति पीठ भएकोले अद्यापी यसको स्थान महत्वपुर्ण छ । यस क्षेत्रमा जे जति मन्दिरहरु छन अधिकांश प्यागोडा शैलीमा आधारीत छन भने शिखर (देवल) चैत्य विहार नदेखिनु यहाँको आफ्नो विशेषता हो । भित्रीकोट दरवारको भौतिक अस्तित्व भु सतहमा छितर वितर छ । आवशिय भवनहरु पनि तला र तहै तहको छानो भएका छन भने आधुनिक शैलीको प्रभाव पारेकोले परम्परागत शैली लोप हुदै गएको छ । भित्रीकोट राज दरवार क्षेत्रमा पहाडको टाकुरामा जिण्रोदारको प्रतिक्षामा रहे पनि न त गुठी न प्रशासन पुरातत्व विभागको ध्यान यतातिर आकर्षित भएको छ । राजा मणििक चन्दले गुठी प्रदान गरी स्थापित मेहेलेनाथको मन्दिर पनि खिइदै गएको छ । यहाँ अठारौ शताव्दीमा भने विशाल मन्दिर भएको तथ्य प्राप्त एतिहासिक सामाग्रीहरुले संकेत गर्दछ । वाग्दुला तालको गुफा पनि वस्तु कला कै अभिन्न अंग हो । यहाँको प्राचिनता प्रमाणित गर्ने साधन र श्रोतको अभाव रहे पनि पाषण युगसंग सम्वन्ध देखिन्छ । हाल भने शिवानन्द नामक योगीले चित्र कोरी नजिकै शिव र गणेशको मन्दिर निर्माण गर्न थाल्नाले यसको प्राचिनता पुनर्जिवित हुन थालेको छ । स्वर्गद्धारीका शिवालय तथा आठकुने यज्ञशाला धार्मिक तथा वास्तुकलाको दृष्टिले पनि कम महत्वका छैनन ।
कात्रे खोले झाक्री
ज्यादै रिसाहा मानिने र प्रसन्न भएमा चाडै प्रभावित हुने भनी मानिने मध्य पश्चिमाअञ्चलका प्राय सवै जिल्ला र पश्चिमाअञ्चलका पनि केही जिल्लाका वासिन्दा प्रभावित भएका झाक्री महाराज र तिनको निवास मानिने प्रकृतीले पूर्ण प्युठानको सदरमुकाम खलंगा देखि दक्षिण पश्चिममा पर्ने कात्रे खोला प्युठानको महत्वपुर्ण तिर्थ स्थल मध्य एक हो । खलंगा देखि लगभग तिन किलोमिटर दक्षिण पश्चिम कात्रे खोलाको मध्य भाग तिर पूर्व भैरम डाँडा र पश्चिम वुढी चौर वस्तीको बिच भागमा साँगुरो गल्छी परेको ठाँउमा कात्रे खोले झाक्री वा झाक्री स्थान रहेको छ । यहाँको प्राकृतिक वनोट अत्यन्त सुरम्य छ । झाक्री स्थान प्रतिको श्रद्धा र डर दुवै कारणले गर्दा यहाँको हरियालीलाइ कसैले दखल दिन सक्दैनन । यसै शोभा भित्र खिर्रो र फलेदाको ठूलो रुख छ । तिनै रुखलाइ वरीपरी घेरेर चौपारीको आकार दिइएको छ । त्यही आकारलाइ झाक्री स्थान भनिन्छ । रुखको फेदमा पितलले वनाएको झाक्रीको मुकुट आकार छ । वरीपरि त्रिसुल र घण्टहरु भुण्डाइएका छन । ति वेला वेलामा श्रद्धालुहरुवाट अर्पण गरिएका हुन । झाक्रीको कुनै सरकारी वा व्यक्तिगतत गुठी र आजा पुजाको व्यवस्था छैन । केवल समस्याबाट मुक्ति पाउन गरिने वाचा कवोल र प्राप्ति पछि गरिने पूर्तिवाट मात्र अनियमित पुजा हुन्छ । वडा दशै र चैते दशैमा यहाँ वढी घुँइचो हुन्छ । यहाँ टाढावाट आउनेको वढी घुँइचो देखेर मन्दिर वनाउने चेष्टा गर्दा पूर्ण नहुदै पटक पटक भत्केको र झाक्री महाराज जेल जस्तै सानो मन्दिर भित्र खुम्चेर वस्न नचाहने कुरा पहिले कसैलाइ सपनामा भनेको किंवदन्ती पनि सुनिन्छ । यहाँ पुजामा मंगलवार र शनिवार वढी घुइचो हुन्छ । पुजा गर्न सकभर वार पार्ने चलन छ । झाक्रीलाइ वली दिने प्रचलन छ । वलीमा हाँस, कुखुरा, बोका, पाडा आदि दिइन्छ । अन्यमा रोटको पनि भोग दिइन्छ । गहुँ वा चामलको एक मानो पिठोमा औकाद अनुसार अन्य मरमसला राखी त्यसको एउटै ठोस रोटी वनाएकोलाइ रोट भन्ने प्रचलन छ । धुप धजाका साथै गाइको दुधको धार पनि दिइन्छ ।
खाँचो परेको बर माग्दा र कवोल पुरा गर्दा झाक्री केही वहिरो भन्ने विश्वास गरी साह्रो डाको गरी सुनाउने चलन छ । नजीकै पाटी भए पनि निर्जन ठाँउ हुँदा एक्लै दोक्लै जाँदा हपहपी लाग्छ र छुटपुट सामान सरनतरन गर्ने मौका मिल्दैन । खहरेको वायाँ पट्टी केही माथि जंगलका बिच ज्यादै चिसो पानी भएको एउटा सानो दह छ । त्यहाँ गाइको धार दिदा पशु फाप हुने विश्वास गरिन्छ । प्राय प्युठान भर र आस पास समेत अतिरिङ्क्त खाद्य वस्तु वनाउदा वा यज्ञ आदि गर्दा सिमे भुमे स्थाने मण्डली कुल कुलायन लाइ अग्रभाग चढाउदा झाक्री लाइ पनि चढाउने चलन छ । केही दिने विश्वास दिलाइ मिच्चाइ अथवा भुलवाट न छुटोस भनी निकै सर्तकता अपनाइन्छ । उनी क्रोधित भएमा ठुलो क्षति वेहोर्नु पर्ने विश्वास गरिन्छ । अत पुजामा डरको भुमिका पनि रहेको छ । आस्तीकलाइ आस्था, प्रकृतिको आनन्द लिनेलाइ रमणिय वातावरण , एकान्त मन पराउनेलाइ निर्जनता, वन भोजमा रमाउनेलाइ मनोरम दृश्य भएको यो मनरोम ठाँउमा सुव्यवस्था गर्न सके पर्यटकिय स्थल हुन सक्ने र दक्षिणकाली जस्तै चम्कन सक्ने पर्याप्त सम्भावना छ ।
खाँचो परेको बर माग्दा र कवोल पुरा गर्दा झाक्री केही वहिरो भन्ने विश्वास गरी साह्रो डाको गरी सुनाउने चलन छ । नजीकै पाटी भए पनि निर्जन ठाँउ हुँदा एक्लै दोक्लै जाँदा हपहपी लाग्छ र छुटपुट सामान सरनतरन गर्ने मौका मिल्दैन । खहरेको वायाँ पट्टी केही माथि जंगलका बिच ज्यादै चिसो पानी भएको एउटा सानो दह छ । त्यहाँ गाइको धार दिदा पशु फाप हुने विश्वास गरिन्छ । प्राय प्युठान भर र आस पास समेत अतिरिङ्क्त खाद्य वस्तु वनाउदा वा यज्ञ आदि गर्दा सिमे भुमे स्थाने मण्डली कुल कुलायन लाइ अग्रभाग चढाउदा झाक्री लाइ पनि चढाउने चलन छ । केही दिने विश्वास दिलाइ मिच्चाइ अथवा भुलवाट न छुटोस भनी निकै सर्तकता अपनाइन्छ । उनी क्रोधित भएमा ठुलो क्षति वेहोर्नु पर्ने विश्वास गरिन्छ । अत पुजामा डरको भुमिका पनि रहेको छ । आस्तीकलाइ आस्था, प्रकृतिको आनन्द लिनेलाइ रमणिय वातावरण , एकान्त मन पराउनेलाइ निर्जनता, वन भोजमा रमाउनेलाइ मनोरम दृश्य भएको यो मनरोम ठाँउमा सुव्यवस्था गर्न सके पर्यटकिय स्थल हुन सक्ने र दक्षिणकाली जस्तै चम्कन सक्ने पर्याप्त सम्भावना छ ।

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।