आफ्नै बारेमा

सर्बप्रथम यो पेजमा प्रवेश गर्नुहुने सबैलाई हृदयदेखि नमस्कार टक्र्याउन चाहन्छु!!!!!!!

म को हुँ ?
मेरो नाम उपेन्द्र पुन मगर हो ।
घर कहाँ पर्छ ?
घर चै मर्कावाङ गा.वि.स. वडा नं. १, ढाड भन्ने ठाउँमा पर्छ ।
कहाँ बस्छु?
दाङ जिल्ला घोराही नगरपालिका वडा नं. १० नयाँ बजारमा बस्छु ।
म के गर्छु ?
दाङ कै एक प्रसिद्ध निजी विद्यालयमा अध्यापनको साथै आफै पनि कम्प्युटर विज्ञान र इन्जीनियरिङ पढ्दैछु ।
कति पढ्नुभएको छ ?
म कम्प्युटर इन्जिनियरिङको विद्यार्थी हुँ उत्तीर्ण भएपछि लेखौला ।
कति वर्षको भए ?
मेरो जन्म २०४६ सालमा भएको हो। कति वर्षको भएँ भनेर हिसाब चाहिँ तपाईँ आफै गर्नुस्।
यो ब्लग किन चलाएको ?
म एक प्युठानी हुनुको नाताले र कम्प्युटर क्षेत्रमा धेरै नजाने पनि बामे सर्दै अगाडि बढ्ने क्रममा प्युठानीहरुलाई समेटर एउटा ब्लग साइट बनाउन मन लाग्यो अनि यो साइट बनाएको हुँ ।
के छ विशेषता यो ब्लगको ?
प्यूठान विशेषलाई ध्यानमा राखेर नेपाली युनिकोडको प्रयोग गरी बनाइएको पहिलो प्यूठानीहरुले गर्व गर्न सक्ने ब्लग हो ।
ब्लगको ठेगाना कुन हो ?
www.voiceofpyuthan.blogspot.com
ब्लग कहिलेदेखि सुरु गर्नुभएको ?
सन् २००९ मे देखि सुरु गरेको ।
कुनै पार्टीसँग आवद्ध हो ?
१००% होइन ।
समाचार सत्य नै हुन् ?
१००% सत्य हुन् किनकी मैले सत्यता बुझेर मात्र सामग्री प्रकाशित गर्छु ।
ब्लगका अन्य सहयोगीहरु छन्?
त्यसरी फुल टाइमर सहयोगी त कहाँ हुनु नि ????
उसो समाचार कहाँबाट लिनुहुन्छु ? 
समाचारहरु प्यूठानका स्थानीय पत्रकार साथीहरुको सहयोगमा लिने गरेको छु त्यो पनि उहाँहरुको अनुमतिमा नत्र भने प्रतिलिपि ऐन हनन हुन्छ नि ।
 
बिचार/समाचार/प्रेस विज्ञप्ति/फोटो पठाउनका लागि के गर्ने ?
इमेल गर्नुहोस्
mepyuthani@gmail.com
upendrapun@gmail.com 
+977- 9847821147

7 comments:

  1. ओह ! वरिष्ठ पत्रकार जस्तो परिचय दिनुभएको रहेछ त ??? साँच्ची हो र ???? मलाई त विश्वास लागेन है । अनि अन्य मित्रहरुलाई कस्तो लाग्यो कुन्नी ??

    ReplyDelete
  2. oh good job done by u using blogging !!! that's great

    ReplyDelete
  3. malai hajur ko kaam dekhera dherai khusi lageko chha ma sanai dekhi afnu thau dekhi tada bhay pani afno man dekhi tada garna sakdina yo blog lai hajur le chalayko dherai khusi lagyo...

    ReplyDelete
    Replies
    1. hora dherai-dherai dhanyabad sallah sujhab didai garnu hos hai

      Delete

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।