प्यूठान १४ चैत(रासस) ।
प्यूठानको स्वर्गद्वारी खाल निवासी एक महिलाको छिमेकीको कुटाइबाट ज्यान गएको छ । खाल गाविस – ३ निवासी पबी रानाको छिमेकीको कुटाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ६५ वर्षीया रानाको उपचारको क्रममा भैरहवामा मृत्यु भएको हो । रानालाई छिमेकी मीनबहादुर विककी १४ वर्षीया छोरी सुन्तली विक र १२ वर्षीया डुमी विकले सामान्य झगडामा लछारपछार गरी निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटाइमा संलग्न दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्यूठान प्रहरी प्रमुख डम्बरबहादुर विकले बताउनुभयो । पीडित परिवारले कुटाइमा संलग्न दुबै छोरीलगायत आमालाई समेत हदैसम्मको कारवाही र उचित क्षतिपूतिको माग गरेका छन् ।प्यूठानको स्वर्गद्वारी खाल निवासी एक महिलाको छिमेकीको कुटाइबाट ज्यान गएको छ । खाल गाविस – ३ निवासी पबी रानाको छिमेकीको कुटाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ६५ वर्षीया रानाको उपचारको क्रममा भैरहवामा मृत्यु भएको हो । रानालाई छिमेकी मीनबहादुर विककी १४ वर्षीया छोरी सुन्तली विक र १२ वर्षीया डुमी विकले सामान्य झगडामा लछारपछार गरी निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
ओखरकोटमा पनि छिमेकीद्वारा कुटपिट
यसैबीच प्यूठानको ओखरकोट गाविस ९ हुराना निवासी रवि रोकाले स्थानीय क्वारी रोकालाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् । कुटपिटबाट घाइते रोकालाई उपचारका लागि भैरवा मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।
समाचार साभार: युगबोध राष्ट्रिय दैनिक
समाचार साभार: युगबोध राष्ट्रिय दैनिक
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।