Sunday, January 8, 2012

प्यूठान खैरामा एकै घरका आवाजविहीन तीन दिदीबहिनी

गिरुप्रसाद भण्डारी प्यूठान, पुस २४ ।  यहाँको एउटै घरमा तीन दिदीबहिनी आवाजविहीन छन् । खैरा ६ बडाचौरका सुमित्रा, पवित्रा र धना बस्नेत जन्मजात अपांग भएका कारण बोल्न नसकेका हुन् । जगतबहादुर र दुर्गा बस्नेतका पाँच छोरीमध्ये तीन जना अपांग जन्मिएका हुन् । 'छोराको आसमा पाँच छोरी भए,' छोरीहरूलाई आफ्नो जायजेथा बराबर नामसारी  गरिदिन सदरमुकाम आएकी आमा दुर्गाले भनिन्, 'तीन बहिनी नबोल्ने निस्किए ।' छोरीहरूको उपचारका लागि धेरै ठाउँमा पुर्‍याएको भए पनि निको हुन नसकेको उनले बताइन् । 'भएभरको पैसा खर्च गर्‍यौं तर केही लागेन,' उनले भनिन् । काठमाडौं, भैरहवा, नेपालगन्ज लगायत भारतसम्म पुर्‍याउँदा उपचार हुन नसकेको उनले बताइन् । 'जेठी र माइली एक वर्षको उमेरमा बोले, अन्यचाहिँ वर्ष पुगेपछि पनि बोलेनन् ।' विगतका कुरा सम्भ“mदै आमा दुर्गाले भनिन्, 'पछिसम्म पनि बोल्छन्जस्तो लागेको थियो तर अहिलेसम्म बोलेनन् ।'


तीन बहिनीमध्ये कान्छीले ०६७ मा द्वितीय श्रेणीमा एसएलसी पास गरिन् । अर्की साहिँली बहिनीले सिलाइ पेसासमेत सिकेकी छन् । उनले काठमाडांैमा डेढ वर्ष सिलाइ तालिम लिएर अहिले गाउँमै सिलाइ कटाइ चलाएकी छन् । काहिँली बहिनी धना बस्नेत भुवनेश्वर उच्च माविमा कक्षा ९ मा पढ्दैछिन् । कान्छी बहिनीको हालै सुर्खेतमा बहिरा एक व्यक्तिसँग विवाहसमेत भएको छ । कान्छी बहिनी धना बहिरा विद्यार्थी सहभागी हुने खेलकुदमा नियमित सहभागी हुने गर्छिन् । दौड, हाइजम्प, लंगजम्पजस्ता एथलेटिक्समा सहभागी जनाउने उनको दौडमा बढी रुचि छ । अपांगता भए पनि अन्य विद्यार्थीसरह उनीहरूले पढ्न र बुझ्न सक्छन् । सांकेतिक भाषाकै शिक्षक भए आफूलाई पढ्न सजिलो हुने कक्षा ९ मा अध्ययनरत पवित्राले सांकेतिक रूपमा बताइन् । छोरीहरू पढ्ने र इलम गर्न सक्ने भएकोमा खुसी लागेको बोल्न सक्ने दुई दिदीले बताए । 'मेलापर्वमा दिदीबहिनीहरू भेट हुँदा खुब खुसी लाग्छ,' जेठी दिदी बिस्नाले भनिन्, ''घरको सबै काम गर्न सक्छन् ।' शेषपछि खाने गरी सबैलाई बाँडिदिएको आमाले बताइन् ।' जेठी  बिस्नाले आफ्नो बड्डामा परेको अपांग बहिनीहरूलाई बराबर दिएको बताइन् । तीनै बहिनीले अहिलेसम्म अपांगताले पाउने सेवा तथा सुविधा नपाएको आमाले गुनासो गरिन् ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।