Tuesday, December 20, 2011

विना दर्ता केवुल सन्चालनमा

सुजल श्रेष्ठ
प्यूठान जिल्लाका प्रायः बजार क्षेत्रमा केवुल संलग्मा छन् तर अधिकांश केवुल अबैद्य रुपमा संचालनमा रहेका छन् । पछिल्लो समय संचार माध्यमको विकाससँगै विद्युत सुविधा उपलब्ध भएका ठाँउमा टेलिभिजन हेर्नेहरुको संख्या पनि बढ्दै गएकोछ । गाँउ गाँउमा स्याटलाइटमार्फत टेलिभिजन हेर्ने गर्दछन् ।
आधिकारिक रुपमा दर्ता नै नगरी जिल्लामा १५ भन्दा बढि केबुल नेटवर्क संचालनमा रहेका छन । अहिले सम्म उनीहरुलाई दर्ता प्रकि्रयामा ल्याउन अथवा कार्वाही गर्न कुनै निकायले चासो दिएको छैन । यस्ता अधिकांस केवुल ५÷६ वर्ष देखि संचालनमा छन् । सदरमुकाम खलंगा क्षेत्रका लागि व्लेजन स्पेस केवुल नेटवर्क धर्मावती विजुवार विजनगर र दाखाक्वाडी गाविस क्षेत्रका लागि प्रकाश केवुल नेटवर्क र बांगेशाल क्षेत्रका लागि शान्ति ज्योती भिजन मिडिया एण्ड केवुल नेटवर्क साचार मन्त्रालयमा दर्ता छन् । प्यूठानको बांगेसाल-६ दरभान स्थित शान्ति ज्योती केवुल २०६५ सालमा दर्ता भए पनि नवीकरण नगरेका कारण खारेज भएको छ । प्रत्येक आर्थिक वर्षको असार मसान्तमा नवीकरण गर्नु पर्ने व्यवस्था रहेको छ । म्याद सकिएको ६ महिनाभित्रमा नविकरण नगरेमा स्वतः खारेज हुने व्यवस्था रहेको छ । व्लेजन र प्रकाश केवुलले भने नियमित नवीकरण गरेको जिल्ला हुलाक कार्यालय प्यूठानले जनाएको छ ।
साचार मन्त्रालयमा दर्ता गर्नु पर्ने यस्ता केवुलको नवीकरण भने जिल्ला हुलाक कार्यालयमार्फत् गर्ने प्रावधान छ । गत वर्ष जिल्ला हुलाक कार्यालयले जिल्लामा अनुगमन गरी अवैद्य केवुललाई दर्ता गर्न ताकेता गरे पनि अझै दर्ता प्रकि्रयामा आउन नसकेको कार्यालय प्रमुख अम्मरबहादुर केसीले बताउनुभयो । नेपाल सरकारले गत वर्ष जिल्लामा साचार माध्यमको विकास तथा गुणस्तरियता ल्याउनका लागि र अनुगमनका लागि हुलाक कार्यालय अधिकृतको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको थियो । बजेट तथा कार्यक्रम मन्त्रालय मार्फत् आउन छोडेपछि समिति निष्त्रीुय बन्दै गएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।
दर्ता गर्न झाजटिलो प्रकि्रया भएकाले दर्ता प्रकि्रयामा नगएको साचालकहरु बताउँछन् । स्वर्गद्वारी केबुल नेटवर्क भिगृका साचालक शरद श्रेष्ठले सबै कागजात पुरा गरी यस वर्ष दर्ता गर्न सोच रहेको बताउनुभयो ।
जिल्ला प्रसाशन कार्यालयमा संस्था दर्ता जस्तै प्रकि्रयाले दर्ता गरी नेपाल सरकार सूचना तथा साचार मन्त्रालयबाट स्वीकृत लिएर मात्र केवुल नेटवर्क साचालन गर्न पाइने नियम रहेको छ । केवुल साचालन गरेवापत कुल आयको २ प्रतिशत कर सरकारलाई बुझाउनु पर्छ । दुर्गम गाविसका लागि मन्त्रालयबाट स्वीकृत लिनको लागि ५ हजार रुपैया लाग्ने कार्यालयले जानाएको छ । जिल्ला हुलाक कार्यालयबाट बार्षिक ५ सय रुपैयामा केवुल नेटवर्क नवीकरण हुन्छ । ५ हजार रुपैया नवीकरण शुल्क भए पनि सरकारले ९० प्रतिशत छुट दिने गरेको हुलाक कार्यालय प्यूठानका प्रमुख केसीले बताउनुभयो ।
अबैध तरिकाले साचालन गरेका केबुल नेटवर्कले पनि दर्तावालले जत्तिकै रकम उठाउने गरेका छन् । यस्ता टेलिभिजन जिल्लाका चुजाँठाटी रस्पुरकोट मरण्ठाना तोरवाङ मच्छी बाङेमरोठ ठूलावेशी नयाँगाउँ िभंगृ बड्डाँडा वाङ्गेशाल बाहाने लगायत क्षेत्रमा साचालित छन् ।
(source: www.ganatantradaily.com.np)

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।