Saturday, March 31, 2012

प्यूठानको गोठिवाङमा एक युवती मृत फेला

एलबी थापा  ।
प्यूठान, चैत १७ गते - प्यूठानको गोठीवाङमा एक युवती मृत अवस्थामा फेला पर्नुभएको छ । गोठीवाङ ४ निवासी २० वर्षिय माया योगी आफ्नै घरमा मृत फेला पर्नुभएको हो । घरमा आफ्नै सुत्ने कोठामा मृत फेला पर्नुभएकी योगीको मृत्युको कारण भने खुल्न सकेको छैन । दिउँसो घरायसी काम गरीरहेकी उहाँ खाजा खान नआएपछि बोलाउन गएका परिवार सदस्यले मृत भेटाएका थिए । मृतकको शरिरमा कुनै पनि घाउ, चोट नलागेको र मृतकको प्रकृति हेर्दा बिष सेवन समेत नगरेको प्रहरीले जनाएको छ । मृतक युवतीको शब जिल्ला अस्पत्ताल बिजुवारमा पोष्टमार्टम गरी आज आफन्तजनलाई बुझाइएको छ ।
मृतक योगीको एक छोरा र श्रीमान हुनुहुन्छ । योगीको रहस्मय मृत्युले १४ महिनाको छोरा मनोज योगी बिचल्लीमा परेका छन् । मृतक युवतीका श्रीमान माधव योगीले केही महिनाभित्रै बैदेशिक रोजगारका लागि बिदेश जाने योजना बनाएको स्थानीय तेजबहादुर खड्काले बताउनुभयो । आफ्नै घरमा मृत अवस्थामा शव भेटिएको घटनाले स्थानीय त्रसित बनेका छन् । घटनाको सत्य तथ्य छानबिन गरी अनुसन्धानलाई तिब्रता दिन स्थानीयले प्रहरी समक्ष माग गरेका छन् । मृत्यु रहस्मय भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।