गिरुप्रसाद भण्डारी
प्यूठान, फाल्गुन २१ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ मै संविधान बन्ने बताएका छन् । माओवादी प्यूठानले स्वर्गद्वारी क्याम्पसमा आइतबार गरेको आमसभामा बोल्दै उनले 'संविधान नबनाउन सबै तिरबाट घेराबन्दी पारिएकाले माओवादीले घेरा तोडेर जेठ १४ मै संविधान बनाउँछौं ।' उनले सरकार फेरेरै भए पनि संविधान बनाएर छाड्ने बताए । उनले नेपाली जनताले दिएको महत्त्वपूर्ण कार्यभार पूरा गर्न माओवादी तीनतिरबाटा लागेको बताए । 'सरकार सदन र सडकबाट शान्तिप्रक्रिया र संविधान बनाउन माआओवादी लागेको छ,' उनले भने, 'यो पूरा गर्न दिइएन भने फेरि जन विद्रोह गरेरै भए पनि जनताको इच्छाअनुसार पार्टी चल्नेछ ।' उनले कांग्रेस र एमालेलेले नयाँ जनमतको कदर गर्न नसकेका कारण देश अनिर्णयको बन्दी भएको बताए । जनयुद्ध सम्पन्न भएपछि पहिलो पटक प्यूठान आएका दाहाले आफू प्यूठानी नेतासँगको संगतले कम्युष्टि भएको बताउँदै भने, 'दस वर्ष मोहन विक्रम, ३० वर्ष मोहन वैद्यसंगतले आफू प्रचण्ड भएको बताए । उनले नेपाको कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन प्यूठानी जनताको महत्त्वपूर्ण योगदान रहेकाले पार्टीले गुन तिर्न सिग्रो हेडक्वाटर प्यूठान ल्याएको बताए । उनले माओवादी सबै पार्टीको घेराबन्दीलाई तोड्न एक भएको बताउँदै भने, 'पार्टी एक भएको छ फुट्दैन ।'
कार्यक्रमा उपाध्यक्ष मोहान वैद्यले माओवादी पार्टी सुधारवादतिर लागेको आरोप आएकाले पार्टीमा रुपान्तरण हुन जरुरी रहेको बताए । शान्ति प्रक्रिया र संविधान टुंगाउने नाममा ४७ सालकै जस्तो संविधान बनाउन कुनै पनि हालतमा नदिने ठोकुवा गर्दै भने, 'आवश्यक परे पार्टी जनविद्रोहमा जान्छ ।' संविधान र शान्ति प्रक्रियाको बाधक माओवादी भएको आरोप लगाउने कांग्रेस, एमालेले ०४७ सालकै जस्तो संविधान बनाउन खोजेकाले पार्टीलाई यस्तो आरोप आएको प्रक्रिया दिए । कम्युनिष्ट नेता कार्यकर्ता जन्माउने कारखाना भए पनि प्यूठान पछाडि परेको भन्ने गुनासो आएकाले सिंगो पार्टी प्यूठानको विकासका लागि क्रियाशील रहने नेता वैद्यले बताए ।
माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले यही सरकारले नै संविधान घोषणा गर्ने र शान्तिप्रक्रिया टुंगाउने बताए । अहिले यसमा सरकार लागेकाले जनतालाई राहत दिने नयाँ कार्यक्रम गर्न नसकिएको बताउँदै उनले भने, 'संविधान निमार्णपछि साँचिकै माओवादीको सरकारको अनुभूति जनताले गर्नेछन् ।' भट्टराई प्यूठानको कार्यक्रम सकेर छैटौं राष्ट्रिय खेलकुदको समापनका लागि कन्चरपुर लागेका छ ।
समाचार साभारः इकान्तिपुर

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।