Friday, February 24, 2012

अन्धानासक माबि लिघामा हिजो देखि लगाइयको ताला अझै जारि

रविन पि.एम. फगुन १२ प्यूठान ।  अन्धानासक मावि लिघामा बिधार्थिहरुले हिजोदेखि लगायको ताला अझै सम्म खुलेको छैन । बिधालयमा शिक्षकको नियमित उपस्थिति र नियमित रुपमा पठनपाठन हुनुपर्ने माग राख्दै बिधार्थिहरुले तालाबन्दि गरेपछि पठनपाठन अबरुद्ध भयको छ । कक्षा ९ का बिधार्थि सुमन बुढाको नेतृत्वमा आप बिधार्थिहरुले बिधालयलाइ आफ्नो माग पुरा गराउन पहल गर्दै नाराबाजि गरेका छन ।नारबाजि गर्दै  बिधार्थिहरु बिधालय ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर बुढाको निबास सम्म पुगि कोण सभा गरेका छन । उता ब्यबस्थापन समितिका अध्यक्ष बुढाले यसबारेमा भोलि समितिको बैठक बसेर छलफल गर्ने बताउनु भयको छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।