Friday, February 24, 2012

राप्रपा अध्यक्ष शमशेराको प्यूठानमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

रविन पि.एम. फागुन १२ प्युठान ।   महङ्गी नियन्त्रण गर्छु भन्ने भट्टंराई नेतृत्वको सरकार आफै महङ्गी बढाउँदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले आरोप लगाउनुभएको छ । सरकारले महङ्गिएको पेट्रोलियम पदार्थको समेत सहज आपूर्ति गर्न नसकेर लाचारी प्रकट गरेको बताउनुभयो ।     मुलुकको वर्तमान राजनीतिका बारेमा उहाँले ठूला तीन दलका नेतामा ऐतिहासिक घडिमा दिनुपर्ने नेतृत्व क्षमता नभएको बताउनुभयो । ठूला तीन दलका नेता पार्टीगत, गूटगत तहबाट उक्लेर राज नेतृत्व दिन नसक्दा मुलकमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया पूरा हुन नसकेको जिकीर गर्नुभयो ।

पूर्व जलस्रोत मन्त्री समेत रहेका अध्यक्ष जवराले वैदेशिक लगानी भित्र्याउन नसक्नाले लोडसेडिङको मार नेपालीले खेप्नु परेको बताउनुभयो । महाकाली सन्धी मात्र लागू गर्न सकिएको भए लोडसेडिको नाम सुन्नु नपर्ने उहाँको भनाइ थियो ।  सेना समायोजनको बारेमा मेजर भन्दा माथिल्लो पदमा लडाकालाई लग्न नसकिने मापदण्ड भएकोले त्यहाँ भन्दा माथिको कर्णेल सम्म मानार्थ रुपमा राख्न सकिने उहाँको तर्क थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता खेमराज पण्डितको निधनको १३ औं दिनको पुण्यतिथिको अवसरमा समवेदना तथा श्रद्धाञ्जली प्रकट गर्न प्यूठान आइपुग्नुभएका अध्यक्ष जवराले आज विहानको पत्रकार भेटघाटका अवसरमा प्यूठान विजुवारमा सो कुरा बताउनुभएको हो ।
उहाँले प्रवक्ता खेमराज पण्डितको निधनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठूलो क्षती भएको बताउनुभएको छ । पण्डित भद्र, लगनशील र सरल स्वभावको मान्छे भएको उहाँले सम्झना गर्नुभयो ।

प्यूठानका पत्रकार देवेन्द्र बर्माले खिच्नुभएको शोकसभाका तस्वीहरु

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।