Friday, February 24, 2012

प्यूठानी कानुन व्यवसायीहरुको विरोध कार्यक्रम सम्पन्न

रविन पि.एम प्यूठान १२ फागुन । नेपाल बार एसोसियशन प्यूठानले समयमै शान्ति र संविधान निर्माण हुन नसकको भन्दै आज बिरोध स्वरुप कालोकोट निकालि बिरोध जनायका छन । समयमै शंविधान निर्माण र शान्ति प्रक्रिया टुङग्याउन तर्फ संबिधान सभा नलागेकाले कोट लगाइ काम गर्नु लज्जाबोध भयको भन्दै कोट हातमा लिइ बिरोध गरेको नेपाल बार  एशोसियसन प्यूठानले जनायको छ ।
संविधान निर्माण प्रक्रिया ओझेलमा पर्दै गयको सन्दर्भमा जनादेश एंब सर्बोच्च अदालतको फैसला समेत को परिपालना गम्भिर रुपमा उत्पन्न भयकाले र राजनितिक संक्रमणकाल लम्बियकाले डण्दहिनताले प्रशय पाउने अबस्था श्रुजना भयकाले कानुन ब्याबसायिहरुले समयमै लोकतान्त्रिक संबिधान जारि गर्न सबै राजनितिक दल र संबिधान सभा समक्ष जोडदार माग गरेका छन ।
बिरोध कार्यक्रममा बार एशोसियसन प्यूठानका अध्यक्ष अधिबक्ता रमश प्रसाद राज भण्डारि ,पुर्ब अध्यक्ष मेघराज भट्ट ,बारका कोषाध्यक्ष अधिबक्ता माधब प्रसाद श्रेष्ठ,अधिबक्ता महेन्द्र प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।