Wednesday, January 4, 2012

झड्केलो छोराले आमालाई, छोरीले बाबुलाई खुकुरी हाने

काठमाडौँ, पुस २० - प्युठानको बिजुवार-७ टारी बस्ने ३० वर्षकी सीता आले आफ्नै १३ वर्षका झड्केलो छोराको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी छिन्।
मंगलबार साँझ साढे सात बजे सन्दिप आलेले खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएको प्रहरीले बताएको छ। उनलाई उपचारको लागि नेपालगंजतर्फ लगिएको छ।

  यसैगरी काठमाडौँ महानगरपालिका-६ कुमारीगाल बस्ने खोटाङ जिल्लामा घर भएका ३८ बर्षीय आङदावा शेर्पा आफ्नै छोरीले हानेको खुकुरीबाट घाइते भएका छन्।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी घरमा आएका उनलाई उनकै २० बर्षीया छोरी माया शेर्पाले खुकुरी प्रहार गर्दा घाइते भएका थिए। उनलाई सुरुमा स्तुपा अस्पतालमा लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।