स्वर्गद्वारी तीर्थ गएका एक व्यक्ति मृत अवस्थामा फेला
प्युठानको स्वर्गद्वारीमा काठमाडौँबाट तीर्थ गएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ कीर्तिपुर नगरपालिका- २ का ७९ वर्षीय केशर महर्जन गएराति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । स्वर्गद्वारीमा पूजापाठ र दर्शनका लागि गएका महर्जन स्वर्गद्वारी मन्दिर परिसरमा रहेको तलाउ छेउमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले मृत्युको कारण खुल्न नसकेको तथा घटनाबारे थप छानविन भइरहेको बताएको छ ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।