महिला हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेकै बेला यही मङ्सिर १७ गते स्थानीय दीपक मल्लले साँझको समयमा आफूलाई जबर्जस्ती करणी गरेको पीडित महिलाले बताएकी छन् । खैरा माइतबाट घर जाने क्रममा स्थानीय जुजुनेटा भन्ने ठाउँमा मल्लले आफ्नो अस्मिता लुटेको पीडितको भनाइ छ ।
घटनालाई लिएर पीडित पक्षले जिल्ला प्रहरीमा किटानी जाहेरी दिए पनि १० दिन बितिसक्दासम्म प्रहरीले दोषीलाई पक्राउ गर्न तत्परता नदेखाएको पीडित पक्षले आरोप लगाएको छ ।
अभियुक्त मल्ल सोही दिनदेखि फरार रहेको प्रहरीले बताए पनि उनी गाउँमै लुकेर बसेको दाबी स्थानीयवासीले गरेका छन् ।
पीडित महिलासँगै सदरमुकाम आएका कमल खड्काले प्रहरीले न्याय दिलाउन सहजीकरण गर्नुको साटो उल्टै दोषीलाई खोजेर प्रहरीमा ल्याउन आफूहरुलाई भनेको बताए ।
आफूहरुको सघाउने र बोलिदिने अरु कोही नभएकाले स्थानीय प्रहरी प्रशासनले समेत घटनालाई सानो रुपमा लिएको पीडितको आरोप छ ।
पीडित महिलाका श्रीमान् बिरामी भएको र आर्थिक अभावकै कारण उपचार गराउन लैजानका लागि माइतबाट पैसा सापट गरी घर जाँदै गर्दा बाटामा उक्त घटना भएको बताइएको छ ।
घटना भएको लामो समय बितिसक्दासम्म स्थानीय प्रहरी प्रशासन मौन रहेको भन्दै घटनाप्रति गम्भीर बन्न ध्यानाकर्षण गराइएको महिला मानवअधिकारकर्मी पार्वता आचार्यले बताइन् ।
घटनाको १० दिन पुग्दा सोमबार पीडित महिलालाई न्यायिक सहयोग गर्न स्थानीय मानवअधिकारकर्मी र पत्रकार सदरमुकाम खलङ्गा आएका थिए ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घटनाबारे ढिलो थाहा भए पनि अब आफ्नो ध्यानाकृष्ट भएको बताए । दोषी फरार रहेकाले पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
hya kya khattam newss ????ammma yasto pani !!!!
ReplyDeleteSo bad newss
k yasto news padhnu paryo hai bihanai-bihanai??????????????????????
ReplyDeletekina police le help garena6??????sale police nai yastai hun6n k????????
ReplyDeletebad news yar.................
ReplyDelete