Wednesday, April 18, 2012

बम बिस्फोटमा एकको मृत्यु

एलबी थापा  प्यूठान, बैशाख ६ - प्यूठानको बेलवास ३ मा घरभित्र बम बिस्फोट हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । घरधनी भालु सुनारको बिस्फोटमा परी घटनास्थलमै ज्यान गएको हो । स्थानीयवासिन्दाका अनुसार यो बिस्फोटक पदार्थ सुनारको घरको माथिल्लो तल्लामा पड्किएको हो ।

बिस्फोटक पदार्थ कसले राखेको र के हो भन्ने बारे नखुलेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरी घटनास्थलमा गएको र परिवारका अरु सदस्यसँगसोधपुछका लागि बोलाइएको प्रहरी प्रमुख डम्बर बहादुर बिकले बताउनुभयो ।
घटनास्थलमा अनुसन्धानको लागि प्रमुख बिकको नेतृत्वमा अनुसन्धानको लागि प्रहरी परिचालन गरिएको छ । घटनाको बारेमा बिस्तृत विवरण आउन बाँकी छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।