Monday, April 2, 2012

दाङवाङमा निशुल्क स्वास्थ्य शिविर शुरु

प्यूठान, २० चैत्र । दाङवाङ माध्यामिक विद्यालय अमिली, दाङवाङ प्यूठानमा आजदेखि निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । दाङवाङ सेवा समाजको संयोजनमा धुलिखेल अस्पताल काभ्रेले स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरमा आज पहिलो दिन अहिले सम्म २ सय ४५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य शिविरमा सामान्य चिकित्साका साथै स्त्रीरोग तथा हाड जोर्नीका विरामीहरु धेरै आएको आयोजकले जनाएको छ । शिविरमा नसा तथा हाड जोर्नी, दा“त तथा मुख उपचार हुनुका साथै निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा आएका जटिल प्रकारका विरामीहरुलाई निशुल्क उपचारका लागि आयोजकले प्रयास गरिदिने बताएको छ । शिविरबाट दाङबाङ सहित छिमेकि गाविस बरौला र अर्घाखाँची जिल्लाका खिल्जि, अशुरकोटका गाविसका स्थानीयले उपचार गराइरहेको समाजका अध्यक्ष चन्द्र प्रकाश आचार्यले बताउनुभयो ।

शिविरमा धुलिखेल अस्पताल काभ्रेका १४ जना चिकित्सकका साथै मुटुरोग विशेषज्ञ डा.सुमन बन्जाडेले उपचार गरिरहनुभएको छ । विभिन्न निकायको सहयोगमा शिविर संचालन गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले पनि निशुल्क औषधी उपलब्ध गराएको उहाँले बताउनुभयो ।
समाचार साभारः प्यूठान समाचार साप्ताहिक

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।