Wednesday, March 21, 2012

प्यूठान लेखापढी व्यवसायीको अध्यक्ष पोख्रेल

प्यूठान, ८ चैत्र । नेपाल लेखापढी व्यावसायी एशोसियसन प्यूठानको दोस्रो अधिवेशनले वोधी प्रसाद पोख्रेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सदरमुकाम खलंगामा सम्पन्न अधिवेशनले उपाध्यक्ष मंगलप्रसाद श्रेष्ठ, सचिव अशोकभक्त श्रेष्ठ, कोषाध्यक्ष विष्णुमणी पोख्रेल र सदस्यहरुमा कृष्ण वहादुर रावत, राम प्रसाद भण्डारी र विजयभक्त श्रेष्ठलाई चयन गरेको हो । अधिवेशनले समितिको सल्लाहाकारमा सानु कुमार श्रेष्ठ, ओमहरी पोख्रेल र महेन्द्र प्रसाद न्यौपानेलाई चयन गरेको छ ।

समितिका अध्यक्ष शानु कुमार श्रेष्ठको अध्यक्षता तथा अधिवक्ता महेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव राम प्रसाद भण्डारीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लामा लेखापढी व्यावसायीको अवस्था, न्यायीक अर्धन्यायीक निकायवाट काम गर्ने शिलशिलामा भोग्नुपर्ने अवस्था र समस्याको निरुपणका लागि कार्यसमितिले खेल्नु पर्ने भुमिकाका वारेमा छलफल भएको समितिका कोषाध्यक्ष विष्णुमणी पोख्रेलले बताउनुभयो ।
समाचार साभारः प्यूठान समाचार साप्ताहिक

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।