Sunday, March 11, 2012

रम्दिका अग्निपिडितहरुलाई राहत सामग्री बितरण

रविन पि.एम. फागुन २८ प्यूठान ।
प्यूठानको रम्दी गाविस वार्ड नम्बर ३ मा शनिवार ४ वटा घर र गोठ जल्ने गरी भएको आगलागि पिडितहरुलाई आइतवार एक कार्यक्रमका बिच राहत बितरण गरिएको छ । पिडितहरुलाई घट्नास्थलमै पु्गी  जिल्ला प्रशासन कार्यलय प्यूठानबाट प्रति परिवार नगद रु ५ हजार, ३० किलो चिउरा , गैर सरकारि सस्था महासंघबाट प्रतिपरिवार एक कठ्ठा चामल ,१ किलोग्राम नुन , एक लिटर तेललगायतका राहत सामाग्री वितरण गरेको जिल्ला प्रशासन कार्यलय प्यूठानले जनाएको छ । नेपाल नेपाल रेडस सोसाइटी जिल्ला शाखा कार्यलय प्यूठानले प्रतिपरिवार एक–एक वटा कम्बल , त्रिपाल, कांचोकपडा, भांडाकुडा,तयारी पोशाक लगायतका राहत सामाग्रि बितरण गरेको छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।