रविन पि.एम.
प्यूठान २८ फागुन ।
प्यूठानको बिजुवार गाविस ४ पुण्यखोलामा बसको ठक्करबाट आइतवार करिब १२ बजेतिर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना १ ज १९३३ नम्बरका जिपका सहचालक चुजाठांटी गाविस वडा नम्बर ९ का अन्दाजि २२÷२३ बर्षका ढकबहादुर थापा रहेका छन ।
पुण्यखोलास्थित ग्यारेजबाट बस निकाल्ने क्रममा सँगै रहेको जिपका सहचालकलाइ लु १ ख १६१७ नम्बरको बसले ठक्कर दिएपछि घाइते थापाको प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।प्यूठान २८ फागुन ।
प्यूठानको बिजुवार गाविस ४ पुण्यखोलामा बसको ठक्करबाट आइतवार करिब १२ बजेतिर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना १ ज १९३३ नम्बरका जिपका सहचालक चुजाठांटी गाविस वडा नम्बर ९ का अन्दाजि २२÷२३ बर्षका ढकबहादुर थापा रहेका छन ।
बसका चालक धर्मावति ४ का अमर रुचाललाई अस्थाई प्रहरी चौकी बाग्दुलाले नियन्त्रणमा लिएको छ भने ठक्कर दिने बस प्रहरी चौकी बिजुवारको नियन्त्रणमा रहेको प्रहरी नायब निरिक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनु भयो ।
यो त भएन है प्युठानमा चुजाठाटी गाविस नभाको गाविस कहाबाट थपीएछ । बरु यसो हामीलाइ फोन गरे सच्चाउने मौका हुने थियो ।
ReplyDeleteहतपतको काम लतपत हुन्छ भनेको यस्तै रहेछ एलबी जी । समाचार जति सक्दो छिटो दिऊँ भन्दा शुद्धतामा पनि ख्याल गर्नुपर्ने हो भएन । यसका लागि तपाईलगायत सम्पूर्ण प्यूठानी मित्रहरुसँग माफी चाहन्छु ।
Delete