टीकाराम पोख्रेल
प्यूठान १६ चैत । प्यूठान जुम्रीकाँडा गाविसलाई बुधवार एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसामुक्त घोषणा गरिएको छ । ९ सय २९ घरधुरीमध्ये ८ सय ६० पक्की र ८६ कच्ची गरी ९ सय ४६ शौचलाय निर्माण भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ''खुला दिसामुक्त घोषणा कार्यक्रममा गाविसबा सबै वडाबाट खुल्ला दिसामुक्त गाउँ सफा पानी खान पाउँ, सफा पानी सफा घर यो नै हो रोगको उपचार, हाम्रो घरमा चर्पी छ, यसमा हामीलाई गर्व छ'' जस्ता सरसफाईसम्बन्धी प्लेकार्ड, व्यानरसहित र्याली निकालिएको थियो ।
स्थानीय विकास अधिकारी भवनप्रकाश विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा जुम्रीकाँडा गाविसले सरसफाइको क्षेत्रमा उल्लेख्यनीय कार्य गरेवाफत जिविसले ४० हजार र खानेपानी तथा सरसफलाई कार्यलयले २ लाख ५३ हजार नगद र प्रशंसापत्रले सम्मान गरेको थियो । गाविसले गाविस्तरीय सरसफाई समिति र प्रज्वलकलाई गाविसलाई खुल्ला दिसामुक्त गर्ने अभियान सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेबाफत सम्मान गरेको थियो ।

रजवारा गाविसबाट सुरु भएको खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियान ११ स्थानमा जुम्रीकाँडा परेको छ । यसअघि हंसपुर, धरमपानी, स्वर्गद्धारी खाल, लिघा, कोचिवाङ, खवाङ, स्पुरकोट, दाङबाङ र उदयपुरकोट खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छन् ।
जिल्लालाई सन् २०१३ सम्म खुला दिसामुक्त प्यूठान हेर भन्ने नाराका साथ शुरु भएको अभिानमा जिल्लास्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई ुसमन्वय समिति, राजनीतिक दल, गैरसरकारी संस्था, गाविस्तरीय खानेपानी, स्वास्थ्य तथा सरसफाई सम्बन्वय समति, सामाजिक परिचालक, वडा नागरिक मञ्च, प्रज्वलक तथा महिला स्वयम्मसेविलगायतको सक्रिय भूमिका रहेकाले खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियान तीव्र रुपमा अगाडी बढेको छ ।
साभारः युगबोध राष्ट्रिय दैनिक
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।