Sunday, March 11, 2012

डिन प्यूठानको चौथो अबिधेशन सम्पन्न

रविन पि.एम. फागुन २८ प्यूठान ।
२१ औ शताब्दीको पूर्वाधार विकासको समय दक्ष जनशक्तिको उत्पादन र वैज्ञानिक प्रविधिको विकास हाम्रो आन्दोलनको तय भन्ने मुल नाराका साथ डिप्लोमा इन्जिनियर एशोसियशन जिल्ला शाखा प्यू्ठानको चौथो जिल्ला अधिवेशन आइतवार जिल्ला विकास समिति प्यूठानमा सम्पन्न भएको छ ।

यसै बीच उक्त अधिवेशनले डिप्लोमा इन्जिनियर्स यशोसियसन नेपाल (डिन) प्युठानकोे अध्यक्षमा सीताराम चौधरीलाई चयन गरेको छ ।  ११ सदस्यीय कार्य समितिको उपाध्यक्षमा शरदचन्द्र केसी, सचिवमा वासुदेव गिरी, सह–सचिवमा रुद्र विक्रम केके, कोषाध्यक्ष गिता चौधरी र सदस्यहरुमा नवेन्द्र आचार्य, लिलामणी विक, शिव प्रसाद पोख्रेल, विष्ना गिरी, मिनप्रसाद रोकाय र कुमार मोक्तान रहनुभएको छ ।

अविधेशन समितिका संयोजक सिताराम चौधरिको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न चौथो जिल्ला अविधेशनमा जिल्लाका करिब  १ सय जना इन्जिनियर तथा सब–ओभरसियरहरुको सहभागिता रहेको थियो ।उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी क्षेत्रिले प्रशासन पक्ष र इन्जिनिरिङ क्षेत्रको बिचमा समन्वयात्मक भुमिका निर्वाह गर्न सकेको खण्डमा मात्र सम्मुनत र समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनु भयो । त्यस्तै डिन नेपालका केन्द्रिय सदस्य दिनेश केसीले डिन विशुद्ध रुपमा सामुदायिक सस्थाको रुपमा काम गर्ने र यसमा कहिल्यै राजनिति छिर्न नदिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । त्यस्तै केसिले इन्जिनियरहरुको समाजमा धेरै महत्व रहे पनि सरकारले त्यसको मुल्यांकन नगरेकाले आफुहरुले गर्न लागेको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रमको सञ्चालन सचिव सरद केसीले गर्नु भएको थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।