Friday, March 9, 2012

अन्ततः प्यूठानमा लोडसेडिङ नहुने, सेवाग्राहीको आन्दोलनसामु सरकार घुँडा टेक्न बाध्य


रविन पि.एम.२६ फागुन प्युठान ।
   नेपाल विद्युत प्राधिकरणले प्यूठानमा गर्न थालेको लोडसेडिङ  स्थगित गरेको छ । उर्जा मन्त्रालयका तर्फबाट उर्जा  सचिब हरिराम कोइराला र लोडसेडिंगको निर्णय फिर्ताको सम्बन्धमा प्यूठान क्षेत्र नम्बर १ का सभासद् नारायण अधिकारी संयोजक रहेको  ४ सदस्यीय वार्ता टोलीबिच भएको वार्तामा जिल्लामा गर्न थालिएको लोडसेडिङ स्थगित गर्ने सहमति भएको  संघर्ष समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो ।
लोडसेडिंगको निर्णय स्थगितसँगै स्थानिय तथा संघर्ष समितिले पनि आन्दोलनको कार्यक्रम स्थगित गरेको समितिका सदस्य सचिब सुर्य बिकले जानकारी दिनु भयो । बार्ता टोलिमा प्यूठानबाट सभासदहरु नारायण अधिकारी र दिपक केसी साथै हरि रिजाल र बिरबहादुर सिंह गरी चारजना सहभागिता रहेको थियो ।


सरकारले हाललाई लोडसेडिङ स्थगित गरेपनि  जिल्लामा अघोषित रुपमा फेरि पनि लोडसेडिंग गरे फेरि आन्दोलन जारी राख्ने संघर्ष समितिले जनाएको छ ।परियोजनाबाट १२ मेगावाट विद्युत उत्पादन हुने भए पनि जिल्लामा न्युनतम १ मेगावाट मात्रै विद्युत खपत हुने हँुदा लोडसेडिङको आवश्यकता नभएको भन्दै स्थानिय सेवाग्राहीहरुले यसअघि विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए ।
आन्दोलनरत  रोल्पाली तथा प्यूठानी सेवाग्राहीहरु आ–आफ्नो घर फर्किसकेका छन । यसैबिच लोडसेडिङको विरोधमा शुक्रबार जिल्लाका बजार ,उद्योग कलकारखाना,संघ सस्था सबै ठप्प रहेको थियो । यदि माग सम्बोधन नभएको भए स्थिति झन तनावपूर्ण हुने सम्भावना भएकाले सरकारले ढिलै भए पनि सेवाग्राहीको मर्का बुझ्यो ।
पुर्व घोषित कार्यक्रमअनुसार शुक्रवार स्थानियले बाँध खोली उत्पादन नै बन्द गर्ने अवस्थामा पुगेका थिए  । यसैलाई मध्यनजर गर्दै शुक्रवार दाङ , नेपालगन्जबाट समेत प्रहरी मगाइ प्रशासनले ठूलो सख्यामा प्रहरी परिचालन गरेको थियो ।

1 comment:

  1. j hos dhilai vaya pani shubha samachar sunna paiyo khushi lagyo. 1 patak pyuthani janatalai saluit gar6u hai !!!!!!!!!!!!!!!!

    ReplyDelete

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।