यस वर्षको एस.एल.सी परीक्षामा जिल्लाबाट ४ हजार २६ जना विद्यार्थी सहभागी हुँदैछन् । नियमित तर्फ ३ हजार ७० र एक्जाम्टेड तर्फ ९ सय ५६ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ । चैत्र ७ गतेबाट हुन लागेको एसएलसीको सम्पूर्ण तयारी पूरा भएको शिक्षा कार्यालयले जनाएको छ । परीक्षाको लागि फाराम भरेका मध्ये १ सय ३८ जना अनुपस्थित रहेका छन् ।
परीक्षा सञ्चालन गर्नका लागि जिल्लामा १२ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमा ठूलावेशी (३५० जना , ओखरकोट (४२१ जना ), बाङ्गेफेदी (२९६ जना), बाहने (३१६ जना), बाग्दुला (५४२ जना), रातामाटा (४३२जना), बरौला (३७० जना), नयाँगाउँ (३७७ जना), भिंग्री (३६९जन ), वांगेशाल (२६०जना), बर्वोट (२२२ जना) र खलंगा (१९९जना) रहेका छन् । गतवर्ष भने ३ हजार ६ सय ४८ जनाले एस.एल.सी परीक्षार्थीहरु सहभागी भएका थिए ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।