एलबी थापा प्यूठान ४ चैत्र । प्यूठानको लुङमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । घर नजिकैको भिरमा घाँस काट्न गएका बेला लुङ–४ निवासी प्रेमी केसीको भिरबाट लडेर ज्यान गएको हो । लुङ–३ स्थित स्थानीय धारापानी नजिक टुट्नेभिरमा घाँस काट्न गएकी २२ वर्षिया केसीको घटनास्थलमै ज्यान गएको स्थानीय तिलबिक्रम केसीले बताउनुभयो । केसी भिरबाट करिब २ सय मिटर तल खसेको अनुमान गरिएको छ । उहाँ लडेकै भिरमा घाँस काट्ने क्रममै ६ वर्षअघि उहाँकै जेठानी २८ वर्षिय बसन्ता केसीको पनि लडेरै ज्यान गएको थियो ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।