एलबी थापा
प्यूठान, चैत्र १६ गते । प्यूठानमा बिगत १८ दिनदेखि एक युवति बेपत्ता हुनुभएको छ । सदरमुकाम खलंगा–९ पाण्डेडाँडा निवासी सिता शाह १८ दिनदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घर नजिकै बिजुवार फाँटमा घाँस काट्न भनी जानुभएकी २२ वर्षिय शाह फागुन २८ गतेदेखि बेपत्ता हुनुभएको पारिवारिक स्रोतले जनाएको छ । खेतमा गेँजरीको घास काट्न भनी जानुभएकी शाह आजसम्म पनि घरमा नआएपछि परिवार चिन्तित बनेका छन् ।
घरबाट हराएको दिनदेखि छिमेकी, आफन्तजन लगायत जिल्लाभर चिनेजानको सबै ठाँउमा खोज खवर गर्दा समेत पत्तो नलागेको ससुरा महादेव शाहले बताउनुभयो । खोजतलासका लागि फागुन २९ गते नै इलाका प्रहरी कार्यालय बिजुवारमा खोजतलासको लागि हुलीया दिएपनि हालसम्म सम्पर्कमा नआएको उहाँले चिन्ता व्यक्त गर्नुभयो । माइती पक्षले घरबाटै हराएकाले छिटो खोज्न दबाब आउने गरेको उहाँको भनाई छ । बेपत्ता शाहको ५ वर्षिय छोरी दिनहुँ आमा कहिले आउनुहुन्छ भन्दै रोएर पिरोल्ने र सताउने गरेको ससुरा महादेवले बताउनुभयो ।
लेखपढ गर्न सक्ने भएकाले पनि हराउनुपर्ने कुनै कारण नभएको बुवा जगिन्द्र शाहीको भनाई छ । घाँस काट्न गएकी मान्छे झण्डै ३ सातासम्म घर नआएपछि आज जिल्ला स्थित सञ्चारकर्मी, मानवअधिकारकर्मी, प्रहरी लगायतलाई घरपरीवारले खोजी गरिदिन हुलिया दिई अनुरोध गरेका छन् । बेपत्ता शाहकी श्रीमान गोपाल शाह बिगत डेढ वर्षदेखि रोजगारीको शिलशिलामा मेलेसियामा हुनुहुन्छ । उहाँको माइत धुवाङ्ग ४ हर्नाघाट हो । रासस...
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।