Wednesday, March 28, 2012

प्यूठानी कृषकहरु खेती गर्न छाडेर कुखुरापालनतिर

एलबी थापा, प्यूठान, चैत १५ । प्युठानको ग्रामीण क्षेत्रका किसानहरुले खेतीपाती छाडेर कुखुरापालन गर्न थालेका छन् । खेतीबाट भन्दा कुखुरा पालेर छिटो र धेरै आम्दानी हुने भएपछि किसानहरुले कुखुरा पाल्न थालेका हुन् ।

अहिले प्युठानमा २ हजारभन्दा बढी किसानहरुले कुखुरापालन गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । एकैपटकमा धेरै लगानी गर्नुनपर्ने र दुईरतीन महिनादेखि नै आम्दानी हुन थाल्ने भएकाले किसानहरु कुखुरा पाल्नतिर आकर्षित भएका कार्यालयको भनाई छ ।

उत्तरपूर्वी रजवारा गाविसकी श्यामकुमारी सेनलाई अन्नखेती गर्नुभन्दा कुखुरा पालन कता हो कता सजिलो लागेको छ । ‘कुखुरा पालेर एकै वर्षमा ८र९ पटकसम्म आम्दानी लिन सकिन्छ, अन्नखेतीबाट खानमात्रै ठिक्क हुन्छ’ उहाँले भन्नुभयो । उहाँले कुखुरा पालेर महिनामा ३० हजार कमाई गर्दै आउनुभएको छ । ‘नबिक्ला भन्ने चिन्ता पनि छैन, नजिकै बजार भएकाले जति पालेपनि बिक्री हुन्छ’ श्यामकुमारीले भन्नुभयो ।
कखुरा पालनमा फाइदा भएपछि अरु काम गरेकाहरुपनि छाडेर कुखुरा पाल्नतिरै लागेका छन् । ‘धेरैथरि ब्यवसाय गरियो–हेरियो पनि, यसमा जस्तो फाइदा अरुमा पाइएन’ पश्चिमी गाविस बाङ्गेशालका रेकबहादुर सुनारले भन्नुभयो । गाउँमा मोटरबाटो पुगेपछि मानिसहरुको आवतजावत बढेकाले होटल र बजार बढेको छ । यसले कुखुरा ब्यवसायमा पनि फाइदा पुर्याएको किसानहरुको भनाई छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।