रविन पि.एम. चैत्र ४ प्यूठान ।
सञ्जय पण्डित सगरमाथा आरोहण आर्थिक सहयोग समिति प्यूठानले हालसम्म करिब १० लाख आर्थिकसंकलन गरेको छ । आरोहणका लागि आवश्यक करिब २२ लाख आर्थिक सहयोग जुटाउनका लागि गैर सरकारी संस्था, महासंघ प्यूठानका अध्यक्ष अर्जुनकुमार कक्षपति संयोजक रहेको समितिले सहयोग जुटाउनका लागि पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय कांग्रेस सभापति सुशिल कोइरालालगायतसँग सहयोगका लागि छलफल भइरहेको र सहयोगको आश्वासन पाएकाले अभियान सञ्जयको अभियान सफल हुने संयोजक कक्षपतिले बताउनुभयो । हालसम्म पेजर फाउण्डेसन कम्पनी, गोल्डेन कलेज, इन्भेष्टमेण्ट बैंकलगायत अन्य व्यक्ति र संघ–संस्थाहरुले सहयोग गरेका छन् ।

लामो दुरीका धावक सञ्जय पण्डितले पहिलो पटक एथ्लेटिक धावकको रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्र्न लागेका छन् । अहिलेसम्म कुनै पनि नेपाली खेलाडी सगरमाथामा नचढेको भन्दै उनी पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्न थालेका हुन ।
पण्डितले यसअघि दोलखाको जिरीदेखि काठमाण्डौंसम्मको १ सय ९७ किलोमिटरको दुरी दौडेर २७ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पुरा गरेका छन् । २ बर्ष लोकतन्त्र दिवसको अवसर पारेर पण्डिले प्युठानको स्वर्गद्वारीबाट काठमाडौँको खुल्लामञ्चसम्मको ३ सय ३९ किलोमिटरको दूरी ४७ घण्टा २० मिनेट ६ सेकेण्डमा पुरा गरेका थिए । उनले वि.सं. २०६५ माघमा काठमाण्डौंदेखि उत्तरी सिमानामा रहेको मितेरी पुल सम्मको १ सय २७ किलोमिटर दूरी ११ घण्टा २० मिनेटमा पुरा गरिसकेका थिए । त्यही महिनामा प्युठानमा भएको स्वर्गद्वारी महोत्सवको अवसरमा पण्डितले दाङको भालुबाङदेखि प्युठानको बिजुवारसम्म ५६ किलोमिटरको दूरी ५ घण्टा २० मिनेटमा र वि.सं. २०६६ साउनमा बिजुवारदेखि बाग्लुङको सीमा गौमुखीसम्मको दौड ४७ किलोमिटर ३ घण्टा ५७ मिनेटमा पुरा गरे ।
धावक पण्डितको सगरमाथा आरोहण अभियानले ओझेलमा परेका प्यूठानलगायत देशभरका पर्यटकीय स्थल र विविध एैतिहासिक, धार्मिक एवम् पुरातात्विक धरोहरलाई व्यापक रुपमा उजागर गर्ने र जलवायु परिवर्तनको असर बारे सचेत गराउने उद्देश्यले सुरु गरिएको बताइएको छ ।

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।