प्युठान, १ चैत । प्युठान दाखाक्वाडीका दुई दर्जनबढी विद्यार्थीले रातो माटो बेचेर पढाइ खर्च जुटाउने गरेका छन् । दैनिक श्रम गरेरै पढाइ खर्च जुटाउनुपरेको उनीहरुले बताएका छन् ।
घरमा कमाइ गर्ने अरु कोही नभएपछि कक्षा ५ मा अध्ययनरत दाखाक्वाडी–९ सालघारीका सोनु नेपालीले विगत केही वर्षदेखि माटो बेचेरै आफ्नो पढाइ खर्च जुटाउनु आफ्नो दैनिकी भएको बताए । स्कूलमा पढाइस‘गै रातो माटो बेच्न थालेको नेपालीको भनाइ छ । ‘बुबाआमाको काम पनि अरुको ज्यालादारी गर्ने हो’– नेपालीले भने– ‘यसैले मेरो पढाइका लागि मैले माटो खनेर गाउ‘मा बेच्ने गरेको हु‘ ।
नेपालीजस्तै यहॉका अधिकांश विद्यार्थीले आफ्नो पढाइ खर्च जुटाउन दैनिक यस्तै काम गर्दै आएका छन् । घर पोत्ने रातो माटो बेचेरै यहॉका अधिकांश विद्यार्थीले आफ्नो पढाइ र सामान्य घर खर्चका लागि समेत आर्थिक जोहो गर्दै आएको स्थानीयवासी बताउ‘छन् । विद्यालयको गृहकार्यको चिन्ताभन्दा यहॉका विद्यार्थीलाई माटो खन्ने र बेच्ने कुराले पिरोल्ने गरेको छ । करीब दुई दर्जन विद्यार्थी नजिकै रहेको दाखाक्वाडीको माटो खन्ने ठाउ‘ ९दमार० मा गएर माटो खनेर ल्याउने गर्दछन् ।
सालघारी प्राथमिक विद्यालय मलापाटामा कक्षा ७ मा पढ्दै गरेकी कल्पना नेपालीले पनि आफूले धेरै पहिलेदेखि यसैगरी काम गर्दै आएको बताउ“छिन् ।
नेपालीले भनिन्–‘माटो बोकेर गाउ‘मा बेच्न हि‘ड्ने गर्छौं’, ‘माटो लिन जाने बेलामै सोध्दै हि‘ड्छौं माटो लिएर छोड्दै स्कूलबाट फर्किन्छौं ।’
कहिले–कहिले त माटो बिक्री नभएर धेरै घर डुल्नुपर्ने उनले बताइन् । आफूले सक्ने जति माटो सिमेन्टको बोरामा भरेर बिक्रीका लागि लैजाने गरेको ती बालबालिका बताउ‘छन् । आफूहरुले प्रतिबोरा ४५÷५० रुपैयॉमा बेच्ने गरेको कक्षा ६ मा अध्ययनरत अर्की विद्यार्थी विपना नेपालीले बताइन् । ‘एक पाथीको १५÷२० रुपैया“ लिन्छौं’– उनले भनिन् । धेरैजसो सॉझमा माटो खनेर घरमा ल्याउने र बिहानपख स्कूल जॉदा गाउ‘मा लगेर बेच्ने गरेको उनको भनाइ छ ।
स्थानीयवासीले पनि बालबालिकाले ल्याएको माटो भनेर घर पोत्नका लागि किन्ने गरेका छन् । बिक्रीका लागि पनि पालो बा“ध्ने गरिएको छ । विद्यार्थीले आफूलाई चाहिने कापी, कलम, चप्पललगायत सामान किन्ने र केही रकम अभिभावकलाई समेत दिने गरेको बताउ‘छन् । गरीबीका कारण खान लाउनसमेत धौधौ पर्ने भएकाले बालबालिकाले बाध्य भएर काम गर्नुपरेको बताएका छन् । पढ्ने उमेरका उनीहरुले कहीं कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् ।
स्रोतः नयाँ युगबोध राष्ट्रिय दैनिक
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।