Sunday, March 11, 2012

चुजां गाविसले शौचालय नबनाउनेलाई गाविससेवा सुविधा नदिने

रविन पि.एम. फागुन २८ प्यूठान ।
     गाविस स्तरिय खानेपानि तथा सरसफाइ समन्बय समिति चुजांको आइतवार  सम्मपन्न बैठकले गाविसमा शौचालय बनाए–नबनाएको अनुगमन गर्नका लागि एक अनुगमन समिति गठन गरेको छ । बैठकले गाविस सचिब हरिकुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय अनुगमन समिति गठन गरेको हो । बैठकले आगामी चैत्र १० गतेसम्म  शौचालय नबनाउने गाविसका स्थानियलाई गाविसबाट प्रदान गरिने हरेक सेवा र सुबिधाबाट समेत बन्चित गर्ने निर्णय गरेको छ । त्यस्तै शौचालय नभएका घरका विद्यार्थीलाई भर्ना नर्गन पनि सम्बन्धित विद्यालयहरुलाई पत्रचार गर्ने निर्णय गरेको छ । 
गाविस सचिब हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकको  सहजिकरण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका संयोजक धर्मराज शाहीले गर्नुभएको थियो । बैठकमा गाविसस्थित स्थानिय राजनितिक दलका प्रतिनिधी, सामाजिक परिचालकलगायतको सहभागिता रहेको थियो । जिल्लालाइ सन २०१३ सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि गाविस र खानेपानि तथा सरसफाइ समन्बय समितिले यस्तो निर्णय गरेको हो । हालसम्म जिल्लामा ९ वटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका छन ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।