
प्यूठान, २३ फागुन । रोल्पा सदरमुकाम लिवाङबाट काठमाण्डौं जाँदै गरेको लु १ ख ६१५९ नम्वरको यात्रुवाहक हाइस मंगलबार दिँउसो प्यूठानको बड्डाँडा–भालुवाङ्ग सडक खण्डको हंसपुर–८ पानी ट्यांकी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यू हुनेमा रोल्पा सिउरीका २७ वर्षीय राजु भनिने सुकबहादुर पुन, सोहि ठाँउका ६० वर्षिया विरसिंह विष्ट र रोल्पा बुढाचौर निवासी ३८ वर्षिय रामबहादुर के.सी. र रहेको प्रहरी नायव उपरिक्षक डम्वर वहादुर वि.क.ले बताउनुभयो । मृतक मध्ये सुक वहादुर पुनको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै राम वहादुरको उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो भने विरसिंहको नेपालगंजमा उपचारको क्रममा मृत्यू भएको हो ।
घाइते हुनेमा रोल्पा लिवाङ–५ निवासी १९ वर्षिय शिवबहादर के.सी, ३१ वर्षिय विर्मत बुढा, जुम्रिङ्ग ९ निवासी कमन गिरी, गाम निवासी १९ वर्षिय रनबहादुर वि.क., गाम–४ निवासी १८ वर्षिय डिलकुमारी घर्ति, सेराम–७ निवासी २२ वर्षिय नरबहादुर घर्ति, इरिवाङ्ग–५ निवासी ३२ वर्षिय विक्रम चन्द्र, उवा–८ निवासी २२ वर्षिय रविन्द्र पुन, गाम–२ निवासी २० वर्षिय मतिला वि.क., इरिवाङ्ग–६ निवासी केवी खड्का, टेवाङ्ग–५ निवासी तुलबहादुर रोका, मिझिङ्ग–८ निवासी गणेश महरा, धवाङ्ग–२ निवासी जनुतारा बुढा, धवाङ्ग–८ निवासी रविन्द्र पुन, मिरुल–१ का १८ वर्षिय तकमान बुढा रहेका छन् ।
त्यस्तै विरगंजका १७ वर्षिय रामसरोज यादव, दाङ हापुर–५ का ४३ वर्षिय ज्ञान विष्ट, नवसपरासी गैडाकोट–५ का ३८ वर्षिय राजराम तिवारी, सिन्दुपाल्चोकका ४८ वर्षिय यादवराम कार्कि, दैलेख डाँडापराजुल–७ का २७ वर्षिय तिर्थ बहादुर गोदार, रुपन्देही छपतिया–४ का तुलबहादुर रोका, रुकुम महत–४ का २६ वर्षिय कर्मधन बुढा घाइते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमही, प्यूठान अस्पताल र गम्भिर घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
मृतक सुन वहादुर पुनको शवलाई प्यूठान अस्पताल विजुवारमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । जलजला यातायात व्यवसायि समितिद्धारा संचालित सो हाइसमा ४३ जना यात्रु रहेका थिए । चलिरहेको गाडिको एक्कासी पट्टा भाँचियपछि ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक प्रेम बुढाले बताउनुभयो । चालक बुढा सामान्य घाइते हुनुभएको छ ।
समाचार साभारः प्यूठान समाचार
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।