![]() |
| तालाबन्दी भएको प्यस्ठानको झिमरुक जलविद्युतको पावर हाउस । तस्वीर साभारः इकान्तिपुर |
गिरुप्रसाद भण्डारी
प्यूठान, फाल्गुन २० - नेपाल विद्युत प्राधिकरण सिस्टम विभाग स्विचाटारको निर्देशनमा बुटवल पावर कम्पनीले जिल्लामा शनिबार देखि गर्न लागेको लोडसेडिङ स्थानीयले गर्न दिएका छैनन् । पछिल्लो एक साता देखि आन्दोलनमा उत्रिएका स्थानीयले विहान ५ बजे देखि विद्युत उत्पादन केन्द्र धर्ना दिएका छन् भने पावर हाउसको स्वईचअनअप गर्ने ठाँउमा ताला लगाएका छन् ।
त्यस्तै बिहाननैदेखि नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा समते स्थानीयले ताला लगाएका छन् । स्थानीय संघर्ष समिति, प्यूठान क्षेत्र नं. १ का सभासद् नारायणप्रसाद अधिकारी सहितको टोलीले विद्युत उत्पादन केन्द्र दारीमचौरमा तालाबन्दी गरेका हुन । बुटवल पावर कम्पनीले केन्द्रिय निर्देशन अनुसार लोडसेडिङ भएरै छाड्ने बताए पछि आन्दोलनको स्वरुप परिवर्तन गरि कडा आन्दोलनमा उत्रन लागेको संयोजक मुक्तिप्रसाद शर्माले बताए । जिल्लामा उत्पादन भएको विद्युतमा प्यूठानीले आफ्ना गाँससंग साटेकाले कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने संघर्ष समितिका सदस्य अर्जुन कुमार कक्षपतिले बताए । लोडसेडिङ बिरुद्ध आन्दोलन गर्न ३६ सदस्य समिति बनेको छ ।
शनिबार विहान ६ बजेदेखि रोल्पा क्षेत्र र ७ बजे देखि प्यूठान क्षेत्रमा हुने भनिएको लोडसेडिङ आन्दोलनका कारण हुन सकेको छैन् । प्यूठान जिल्लाका साथै छिमेकि जिल्ला अर्घाखाची र रोल्पामा समेत दैनिक ६ घण्टा लोडसेडिङ हुने गरि एक साता अघि सूचना सार्वजनिक भएको थियो । दुई दशक पहिले स्थापना भएको झिंमरुक उत्पादन केन्द्रेले प्यूठानको झिमंरुक नदिबाट १२ मेगावट बिद्युत उत्पादन गर्दै आएको छ । त्यसमध्य प्यूठान, रोल्पामा र अर्घाखाचीमा ५ मेगावाट खपत भएकोमा अरु केन्द्रय प्रसारण लाइन नमहीमा जोडिएको छ । शुक्रबार स्थाननीय युवाले लोडसेडिङ गर्न थालेको भन्दै केहि घन्टा ड्यामको पानी समेत खोलेका थिए । ससरकारसंग बार्तागर्न सभासद् नारायणप्रसाद अधिकारीको नेतृत्वमा सात सदस्य समिति समेत गठन गरेका छन् । यस्तै रोल्पाबाट पनि वुटबल पावर कम्पनीमा धर्नादिन सयौको संस्यामा जनमास आएका छन् ।

No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।