Sunday, February 5, 2012

प्यूठानको देबिस्थान स्थित माडि बगरमा जारि सुन परिक्षण कार्य स्थगित

रविन पि.एम.
माघ २२ प्यूठान ।
प्यूठानको नयां गांउ गाविस वडानम्बर ३ मा बिगत केहिदिनदेखि जारि सुन परिक्षण कार्य शनिबार देखि स्थगित भयको छ । माडिखोलाको बगरमा चिनिया कम्पनि जिन माइन गोल्ड को सक्रियतामा सुरु भयको सुन परिक्षणको क्रममा करिब १४ मिटर गहिरो खाडल खन्दा समेत सुन भेटिने सम्भावना नरहेकाले परिक्षण कार्य स्थगित गरियको कम्पनिका लगानि कर्ता मिस्टर वाङले बताउनु भयो । नेपाल सरकार भुगर्भ बिभागबाट अनुमति लिइ करिब २० जनाको टोलि अत्याधुनिक चाइनिज प्रबिधिका उपकरणका साथ परिक्षण कार्यमा सम्लग्न रहेका थिय । परिक्षणको क्रममा कम्पनिले हालसम्म करिब एक करोड भन्दा बढि लगानि गरेको नेपाल स्थित टोलिका मध्यस्थ कर्ता बिपिन सर्माले बताउनु भयो ।

कम्पनिले अब प्यूठान पश्चात पश्चिम सेतिको बगरमा सुन परिक्षण कार्य गर्ने र त्यहा पनि सुन फेला नपरे आफुहरु पुर्न चिन फर्किने कम्पनिले बतायको छ । यसअघि कम्पनिको कालि गण्डकि बगरमा गरियको परिक्षणमा पनि सुन पत्ता नलागेपछि कम्पनिको लगानि त्यतिकै खेर गयको थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।