Thursday, February 9, 2012

लोकतान्त्रिक आन्दोलनका प्रथम शहिद थापाको सम्झना

प्यूठान, २६ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम शहिद उमेशचन्द्र थापाको छैठौ स्मृति दिवस आज सदरमुकाम खलंगामा एक कार्यक्रम गरि मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटी प्यूठानले जनआन्दोलन २०६२÷०६३ का शहिद उमेशचन्द्र थापा र वर्तमान अवस्थामा शान्ति र संविधान विषयक अन्र्तक्रिया कार्यक्रम गरि दिवश मनाएको हो ।
राप्रपाका केन्द्रिय प्रवक्ता खेमराज पण्डितले मुलुकको अन्यौलको जड नै माओवादी भित्रको सैद्धान्तिक विवाद भएकोले शहिदको अपमान हुन गएको बताउनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्ट, नेकपा एमाले राष्ट्रिय परिषद सदस्य धन बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका कृष्ण बहादुर खड्का, नेपाली कांग्रेसका विष्णु कुमार गिरी, नेकपा एकिकृतका टिकाराम पौडेल, नेकपा मालेका तिलविक्रम के.सी लगायतका बक्ताहरुले शहिद घोषणा गर्ने र १० लाख क्षतिपुर्ति माग्ने परम्पराले वास्तविक शहिदहरुको अपमान भएको बताउनुभयो ।

जिल्ला कमिटी अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले शहिदहरुको सहि सम्मान हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । सहिदको उचित सम्मान हुनको लागि शान्ति र संविधान निष्कर्षमा पुग्नुपर्ने बत्ताहरुको भनाइ छ । उपाध्यक्ष तुलसिराम शर्माको स्वागत र नेगनसिंह कवरले कार्यक्रमको संचालन गर्नुभएको थियो । प्यूठानको बरौला ७ मा जन्मनुभएका शहिद उमेशचन्द्र थापाको ०६२÷६३ सालको जनआन्दोलनमा २०६२ माघ २६ गते नगर निर्वाचन वहिस्कारको क्रममा दाङको घोराहीमा हत्या भएको थियो ।
साभार: प्युठान समाचार साप्ताहिकबाट  

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।