Friday, February 10, 2012

पत्रकार चालिसेलाई सहयोगार्थ प्यूठानको चौतारीको अभियान

प्यूठान, २७ माघ । दुवै मृगौला काम नलाग्ने भएर मृत्युसँग संघर्ष गरिरहनुभएका श्रमजीवी पत्रकार रमेश चालिसेलाई उपचारको लागि प्रेस चौतारी नेपाल, प्यूठानले सहयोग गर्न सहयोग अभियान संचालन गरेको छ ।
नेपाल पत्रकार महासंघले संचालन गरेको रमेश चालिसेलाई बचाउ अभियानमा चौतारी प्यूठानले आज शुक्रवारदेखि आर्थिक सहयोग संकलन थालेको जनाएको छ ।  चौतारीको तर्फबाट महासंघमा आवद्ध सदस्यहरुबाट प्रति सदस्य १ सय रुपैया र जिल्ला स्थित सामुदायिक रेडियो प्यूठान र प्यूठान समाचार साप्ताहिकबाट ५÷५ सय रुपैया र अन्य गरि २ हजार २ सय रुपैया संकलन भएको चौतारी प्यूठानका अध्यक्ष गिरु प्रसाद भण्डारीले बताउनुभयो ।

आइतवार सम्म सहयोग संकलन गरि नेपाल पत्रकार महासंघको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ०१२०१०२०२५२६४५ नम्वर खातामा आइतवार जम्मा गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । चौतारी प्यूठानले आज प्रेस विज्ञप्ती जारि गरि यसै खाता सहयोग उपलब्ध गराउन जिल्ला स्थित विभिन्न संघ संस्था, व्यक्तिलाई आग्रह समेत गरेको छ ।
साभार: प्युठान समाचार साप्ताहिकबाट   

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।