Sunday, February 5, 2012

सहज रुपमा सेवा नपायको सेवा ग्राहिको गुनासो ,

माघ २२ प्यूठान ।
एकिकृत जनस्वास्थ्य अभियान अन्र्तगत जिल्ला स्वास्थय कार्यलय प्यूठानले स्थानिय सेवाग्राहिको स्वास्थ्य अबस्थालाइ मध्यनजर गर्दै आयोजना गरेको एकिकृत जनस्वास्थ्य अभियान चलिरहंदा स्थानियले सहज रुपमा सेवा लिन नसकेको गुनासो गरेका छन । जिल्लाको बिभिन्न गाविस बाट स्वास्थ्य परिक्षणका लागि आयका सेवाग्राहिले पछि आउने सेवाग्राहिले झन अघि सेवा प्राप्त गर्ने गरेको ,चिन जान धेरै भयका मान्छेले सजिलै र छिटटै सेवा प्राप्त गर्ने गरेको ,शिविर ब्यबस्थापन राम्रो नभयको गुनासो गरेका हुन । आइतबार सेवा लिन आयका सेवाग्राहिले तिन नबज्दै स्वास्थ्य परिक्षण बन्द गर्ने,नाम दर्तापनि सोहि समय भन्दा पहिलेनै बन्द गर्नाले आफुहरुले सहज रुपमा सेवा लिन नसकेको गुनासो गरेका हुन ।

शिविर ब्यबस्थापन नहुंदा शुरुमा नाम दर्ता गराउनेले लास्टमा र लास्टमा नाम दर्ता गरायकाले पनि शुरुमै सेवा प्राप्त गर्ने गरेको समेत बतायका छन ।अधिकांस सेवा ग्राहि दुइ तिन देखि लगातार शिविर धाउदा समेत पाउनुपर्ने सेवा  प्राप्त गर्न नसकेको गुनासो गरेका छन ।
त्यसो त आइतबार पनि स्वास्थ्य परिक्षणका लागि आयका स्थानिय सेवा ग्राहिले तिन बजे भन्दा पहिले नाम दर्ता कार्य बन्द भयकाले बिहान दस बजेदेखि लाइनमा बसेका सेवा ग्राहि समेत नाम दर्ता समेत नगरि फर्कियका छन ।
रगत ,दिसा पिसाब ,खकार जांचको काम बेलुकि सम्म चल्ने गरेपनि नाम दर्ता ,औषधि बितरण ,चेकजांचको काम भने दिउसो तिनबजे पहिलेनै बन्द हुने गरेकाले सेवा ग्राहि सेवा लिनका लागि दुइ तिन दिन सम्म शिविर धाउनु परेकाले टाढाका सेवा ग्राहिलाइ बढि सास्ति बेहोर्नु परेको छ । प्यूठान सहित २८ वटा जिल्लामा सन्चालन भयको यो अभियान अन्र्तगत यस अघि जिल्लाको पुंजा गाविस ,खलंगा गाविस र भिंग्रि गाविसमा स्वास्थ्य शिबिर सम्पन्न भइसकेको छ ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।