रविन पि.एम.
फागुन १२ प्यूठान ।
प्यूठानको फोप्लि गाविस वडानम्बर ८ मा जाल बहादुर घर्ति को घरमा आगलागि भयको छ । आगलागिबाट साउदिमा रहेका छोराले पठायको नगद रु १ लाख ३० रुपैया जलेर नष्ट भयको छ ।त्यस्तै घरमा रहेको लत्ताकपडा ,अन्नपात सबै जलेर नष्ट हुदा करिब ४ लाख २३ हजार बराबरको क्षति भयको े पिडित घर्तिले बतायका छन । आगो नियन्त्रण गर्ने क्रममा स्थानिय बिर बहादुर घर्ति घाइते भयका छन । आगो स्थानिय बासि र फोप्लि मैरामारे प्रहरि चौकिबाट गयको प्रहरि टोलिको सक्रियतामा नियन्त्रणमा आयको हो । यसअघि हिजो मात्रै प्यूठानको धुबांगमा आगलागि हुदा १२ वटा घर जलेर नष्ट भयको थियो ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।