Sunday, February 5, 2012

नेपाल शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक संघ प्यूठानद्धारा जिल्ला शिक्षा कार्यलयमा २ घण्टा धर्ना ,


रविन पि.एम.
माघ २२ प्यूठान । नेपाल शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक संघ प्यूठानले आइतबार जिल्ला शिक्षा कार्यलय प्यूठानमा २ घण्टा धर्ना दियका छन ।राहत शिक्षकहरुलाइ प्रक्रीया पुराइ स्थायि गरिनु पर्ने ,स्थायि शिक्षकहरुलाइ उचित तलब भत्ता र बढुवाको ब्यबस्था ,निजि बिधालयमा अध्यापन गराउने शिक्षकहरुको तलब सरकारि स्कुलमा अध्यापन गराउने शिक्षक बराबर हुनु पर्ने ,बालबिकास सहयोगि कार्यकर्ताहरुलाइ सरकारि शिक्षक मान्यता दिइ उचित तलब भत्ता र सेवा सुविधा प्रदान गर्नुपर्ने लगायतको माग सहित शिक्षकहरुले बिहान १० बजेदेखि १२ बजेसम्म शिक्षा कार्यलयमा धर्ना दियका हुन ।

जिल्ला स्थित बिभिन्न बिधालयहरुको प्रतिनिधित्व गरि धर्ना कार्यक्रममा सहभागि करिब २सय शिक्षकहरुले आफुहरुमाथिको हस्तक्षेप र दमनको अन्त्य हुनु पर्ने ,२०६६ सालमा शिक्षकहरु संग भयको सरकारि निर्णय कार्यानबयन गरिनु पर्ने मा जोड दियका थिय ।धर्ना पश्चात शिक्षकहरुले बिरोध यालि निकालि जिल्ला बिकास समितिको कार्यलय अगाडि कोण सभा समेत गरेका थिय ।नेपाल शिक्षक गणतान्त्रिक मन्चका जिल्ला अध्यक्ष लेम बहादुर गुरुंगको अध्यक्षता र माधब पोखे्रलको सन्चालनमा सम्पन्न भयको कार्यक्रमलाइ नेपाल शिक्षक संघका अध्यक्ष बलबहादुर महतरा ,नेपाल राष्ट्यि शिक्षक समितिका मुक्ति पोख्रेल,शिक्षक युनियनका केन्द्रिय सदस्य चक्रपाणि पौडेल,अखिल नेपाल शिक्षक संघका शिद्धिमान जिसि,लगायतले सम्बोधन गर्नु भयको थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।