Friday, February 3, 2012

आजदेखि प्यूठानको मच्छिमा २ दिने कृषि प्रदर्सनि मेला शुरु ,

रविन पि.एम.
माघ २० प्यूठान ।
जिल्लामा बिधमान रहेको परम्परागत कृषि प्रणालिमा आधुनिकिकरण गरिनु पर्ने कृर्षि प्रदर्सनि मेलामा सहभागि कृषकहरुले जोड दिएका  छन । उता प्रमुख जिल्ला अधिकारि लुक बहादुर क्षेत्रिले कृषिमा आधुनिकिकरण गरि बर्षेनि बिदेशिने युवाहरुलाइ रोक्नु पर्ने बताउनु भएको  छ ।

जिल्ला कृषि बिकास कार्यलय प्यूठानको आयोजनामा ओखरकोट गाविस को मच्छिमा आजदेखि शुरु भयको २ दिने कृर्षि प्रदर्सनि मेलाको उद्घाटनको अबसरमा क्षेत्रि ले यस्तो बताउनु भएको  हो ।
कार्यक्रममा बोल्दै जिल्ला कृषि बिकास कार्यलय प्यूठानका कृषि बिकास अधिकृत श्यामप्रशाद रिजालले कृषि मा आमुल परिर्वतन ल्याउनका लागि जिल्ला कृषि बिकास कार्यलय पनि लागि परि रहेको बताउदै परिर्वतन र आधुनिकिकरणका लागि स्थानिय कृषकहरुले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । प्रर्दसनिमा खाधान्न बालि ,दलहन,तरकारि ,माछा,फलफुल,नगदेबालि जस्ता कृर्षि प्रदर्सनका लागि सात वटा स्टलको ब्यबस्था गरिएको छ । आजै कृषि शिविर पनि सम्पन्न भएको छ । सुखदेब रिजालको स्वागत मन्तब्य संगै शुरु भयको कार्यक्रमको अध्यक्षता मिलिजुलि कृषि सहकारि संस्था का अध्यक्ष जिवलाल न्यौपानेले गर्नु भएको थियो भने सन्चालन नारायण जिसिले गर्नु भएको  थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।