Tuesday, February 28, 2012

कस्तो अचम्म ???? भाले किचेर मारेको विरोधमा सडक बन्द गरेछन् प्यूठानमा

प्यूठान फागुन १६ प्यूठान ।आन्दोलन गर्नुपर्‍यो वा कुनै मागहरु पूरा गर्नुपर्‍यो भने सडक अवरुद्ध गर्ने प्रवृत्ति छ। तर प्यूठानको एउटा गाविसमा अचम्मै भयो, त्यहाँका स्थानीयवासीले एउटा भाले मारिएको विरोधमा क्षतिपूर्ति माग गर्दै दिनभरी सडक अवरुद्ध गरे।सुन्दा अचम्म मान्नुपर्दैन। प्यूठानको खाल गाविस ८ का स्थानीयले  दिनैभरीजसो सडक अवरुद्ध गरे। रोल्पाको होलेरी हुँदै प्यूठानको स्वर्गद्वारी जाने त्यो कच्ची सडकमा उनीहरुले केही काठ दाउरा तेर्स्याए। अनि त्यसमाथि मरेको भाले राखे। त्यसमाथि एउटा ढुङ्गा राखे र त्यसमा लेखिएको थियो गाडी नम्बर अर्थात् ‘९९०३'। आउनेजाने गाडी त्यहीं रोकिए।


स्थानीय ममता पुनको उक्त भाले करिब साढे २ किलोको छ। उनका अनुसार आइतबार दिउँसोतिर स्वर्गद्वारी जाने एउटा जीपले उक्त भालेलाई ठक्कर दिएको थियो।‘म घरमा थिइनँ, साँझ आउँदा त भाले मरेको रहेछ' उनले भने ‘अरुले भनेपछि बल्ल थाहा पाएँ अनि सडक रोकेका हौँ।' उनीहरुले दिनैभरीजसो स्वर्गद्वारी जाने जीप, बस तथा सरसामान ओसारपसार गर्ने ट्याक्टरहरुसमेत रोकेका थिए।
स्थानीयले उक्त भाले मारिएपछि त्यसको क्षतिपूर्ति दुई हजार रुपैंयाँ तोकेका छन्। ‘मारेर भागेछ, थाहै भएन गाडी नम्बरमात्रै थाहा भो' ममताले भनिन् ‘आउँदा त यही बाटो भएर फर्किएला भनेर बाटो रोकेका हौँ।' तर उक्त गाडी भने स्वर्गद्वारीबाट प्युठानको भिङ्ग्री हुँदै फर्किसकेको स्वर्गद्वारीबाट फर्किनेहरुले भने।
समाचार तथा तस्वीर साभारः नागरिक दैनिकबाट




No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।