माघ २२ प्यूठान ।
ट्रकले ठक्कर दिदा प्यूठानको गोठिबांगमा एक बालिकाको घट्ना स्थलमा नै ज्यान गयको छ । भालुबाङ रोल्पा सडक खण्ड अन्र्तगत प्यूठानको गोठिबांग गाविस वार्ड नम्बर ६ बांजिपुरमा रोल्पाबाट प्यूठानको चकचके तर्फ जांदै गरेको ना ३ ख ५७०५ नम्बरको ट्रकले ठक्कर दिदा स्थानिय चित्र बहादुर खड्काकि ५ बर्षिय छोरि दुर्गा खड्काको घट्नास्थलमै मृत्यु भयको हो ।
मृत्युको बिरोधमा पिडित परिवार र उनिहरुको आफन्तले उचित क्षतिपुर्तिको माग र ठक्करदिने गाडिको चालकलाइ कार्बाहिको माग गर्दै भालुबाङ रोल्पा सडक खण्ड अबरुद्ध पारेका छन । अहिले ठक्कर दिने गाडिको चालक र गाडि इलाका प्रहरि कार्यलय भिंग्रिको नियन्त्रणमा रहेको स्थानिय तुलस खड्काले जानकारि दियका छन ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।