Tuesday, February 28, 2012

बन्दका कारण प्यूठानको जनजिवन प्रभावित

रविन पि.एम.फागुन १६ प्यूठान ।
 राष्ट्रिय जनमोर्चाले आब्हान गरेको  राप्ती–लुम्विनि बन्दका कारण प्यूठानलगायत राप्ती र लुम्विनिका विभिन्न जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । संघियताको खारेजी ,समयमै संविधान निर्माण ,र स्थानिय निकायहरुको निर्वाचनको माग गर्दै बन्द आब्हान गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
बन्दका कारण लुम्विनिसहित राप्तिका प्यूठान ,दाङ्ग, रोल्पा ,सल्यान ,रुकुम लगायतको जनजिवन प्रभावित भएको थियो । बन्दका कारण प्यूठानमा पनि सम्पुर्ण उद्योग कलकारखाना ,शिक्षण सस्था ,यातायात ,बजार सबै बिहानै देखि ठप्प रहेको छ । बन्द सफल पार्नका जनमोर्चाका नेता तथा कार्यकर्ताहरु सदरमुकाम खलंगालगायत जिल्लाका अन्य मुख्य–मुख्य ब्यापारिक केन्द्रहरुमा कार्यकर्ता परिचालन गरेको थियो । जनमोर्चाले केन्द्रीय कार्यक्रमअनुसार जनजिवन प्रभावित नहोस भनेर मोर्चाले बिभिन्न मितिमा खण्ड–खण्ड गरी बन्दको आब्हान गरेको थियो ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।