Friday, February 24, 2012

धुवाङ आगलागीको पूर्ण क्षति विवरण आयो, जिप्रका प्यूठानद्धारा राहत सामाग्री वितरण हुँदै

एलबी थापा प्यूठान, फागुन १२ । हिँजो साँझ प्यूठानको धुवाङ२ मा घरमा आगलागि हुँदा १२ घरपरिवारका ६९ जना बिचल्लिमा परेका छन् । घरभित्र बास बस्ने बेला भएको आगलागिबाट बाहीरै बस्नुपर्दा र घरमा रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट हुँदा अग्निपिडित चिन्तित बनेका छन् । आगलागिबाट घरभित्रका सबै सामान, लत्ताकपडा, गाइभैसी, पशुचौपाया अन्नपात सम्पुर्ण सामान जलेर नष्ट भएका छन् ।
       स्थानीय राजु रोकाको घरबाट सुरु भएको आगलागिले ११ घर १५ गोठ जलेर पुर्ण रुपमा नष्ट भएको थियो । साँझको बेला भएको आगलागि नियन्त्रणका लागि स्थानीयले ठूलो प्रयास गरे पनि निक्कै हावाहुरीका नियन्त्रणमा लिन कठिनाई भएको थियो । आगो नियन्त्रण र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरीको टोली र स्थानीयले सहयोग गरेका थिए । हिँजो रात परिसकेकाले आगलागीको पुर्ण क्षतिको बिवरण आउन सकेको थिएन । 
 
       यसैबिच आज जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाइमा अहिले बिहानदेखि क्षतिको बिवरण संकलन र पिडितहरुका लागि राहत सामग्रि बितरण गरिदैछ । यसका लागि जिल्ला प्रशासनले केहि नगद रुपैँया, रेडक्रस प्यूठानले भाँडाकुडा, लत्ताकपडा, कम्बल, त्रिपाल, यस्तै विभिन्न गैर सरकारी संघ संस्थाले खाद्यान्न लगायतका सामाग्रि वितरण गर्दैछन् । आगालागीमा स्थानीय भिम वहादुर सापकोटा, श्याम वहादुर सापकोटा, छमा परियार, वल वहादुर परियार, प्रेम वहादुर सापकोटा, विक्रम सापकोटा राधा सापकोटा, कमल सापकोटा, मुक्त वहादुर सापकोटा, राजु रोका, छविलाल रोका, टुल वहादुर रोका, कमल सापकोटा र भिम वहादुर सापकोटाको घर तथा गोठ जलेर नष्ट भएको छ । हाबाहुरी तिब्र रुपमा चलेकाले आगलागी हुँदा घरभित्रका सामान जोगाउन नसकिएको स्थानीय रबिन्द्र रोकाले बताउनुभयो ।

1 comment:

  1. उफ् फेरिक कस्तो दुखद समचारका सुन्नन परेको प्रत्येक दिन हामी प्यूठानीहरुलाई । समाचारको लागि धन्यावाद आवाज प्यूठानको ।

    ReplyDelete

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।