रविन पि.एम।फागुन १० प्यूठान ।
नेकपा एमालेका महासचिब इश्वर पोख्रेलले भट्राइ नेतृत्वको सरकार असफल भइसकेकाले बर्तमान सरकार बिघटन गरी नयाँ सहमतिय सरकारको निर्माण गर्न तर्फ लाग्नुको विकल्प नभएको बताउनु भएको छ ।
शहिद उमेशचन्द्र थापा प्रतिष्ठान तथा पार्टि कार्यलय भवनको आज उद्घाटनका लागि प्यूठान आउनु भयका पोख्रेलले शिल्यान्याशपश्चात आयोजित आम सभालाइ सम्बोधन गदै उहाले यस्तो बताउनु भयको हो । कार्यक्रममा बोल्दै पोख्रेलले देश टुक्रन सक्ने भन्दै राज्य पुर्नसंरचना जातिय आधारमा हुन नहुने बताउनु भएको छ । त्यस्तै कार्यक्रममा पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले माओवादी सेनाको क्यान्टोनमेन्टमा भयको हतियार सरकारलाई नबुझायसम्म शान्ति प्रक्रिया पुरा नहुने बताउनु भयको छ ।उहाले सेना समायोजन सम्बन्धि सम्पुर्ण कुराको टुंगो लागि सकेपछि मात्र संबिधान जारि गर्दा उपयुक्त हुने भन्दै माओबादिले भने जस्तो शानति प्रक्रिया र संबिधान निर्माण एकैसाथ हुन नसक्ने बताउनु भयो । त्यस्तै त्यस्तै पुर्ब स्थानिय बिकास मन्त्रि उर्मिला अर्यालले राज्य पुर्नसंरचनामा महिलाहरुकोपनि समान प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनु भयको छ ।
बिजुवार को झिम्रुक नदिको बगरमा रहेको गणतान्त्रिक खेलकुद मैदानमा बन्न लागेको शहिद प्रतिष्ठान तथा पार्टिकायलय भवन निर्माणका लागि एमाले प्रचार बिभाग प्रमुख सुर्य थापाले ५० हजार ,पुर्ब स्थानिय बिकास मन्त्रि उर्मिला अर्यालले ५१ हजार १ सय ५१ ,शहिद उमेशचन्द्र थापाकि श्रिमति लक्ष्मि थापाले ५० हजार १ सय ५१ रुपैया आर्थिक सहयोग प्रदान गर्नु गर्नु भयको छ ।
भवन निर्माणका लागि बिजुवारका राजकुमार कक्षपति ,टापेन्द्र बराल ,प्रेमकुमारि कक्षपति ले जग्गा प्रदान गर्नु भयको छ । आम सभाको अबसरमा जनमुक्ति सेना दहबन रोल्पा बिग्रेडका कम्रेड किशोरि भनिने ब्यक्ति सहित अन्य ब्यक्तिहरु पनि अन्य पार्टि परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन ।यसैबिच नेकपा एमाले प्यूठानको जिल्ला परिषद बैठक भोलि धर्मावती गाविसको बाग्दुलामा हुने भयको छ ।
यसैबिच एमालेको कार्यक्रम बिथोल्ने उदेश्यले नेकपा माओबादिहरुले केहिबेर आज नाराबाजि गरेको र कार्यक्रम स्थगित भयको झुठो प्रचार गरेको प्रति आफ्नो ध्यानाकर्षण भयको एमाले प्यूठानले जनायको छ । बन्दका कारण महासचिब पोख्रेल लगायत अन्य नेताहरु दाखाक्वाडि देखि कार्यक्रम स्थल बिजुवार सम्म पैदल आयका थिय ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।