प्यूठानको रेडियो लिस्नेआवाजमा आगलागी
फाल्गुन ६ प्युठान । प्यूठानमा रहेको रेडियो लिस्नेआवाजमा आज आगलागी भएको छ। विहान ७ बजेर २८ मिनेट जाँदा बिद्युत सर्किट सट भएपछि लागेको आगोले १२ लाख रुपैँया भन्दा बढिको उपकरणहरु जलेर नष्ट भएको स्टेशन सह—म्यानेजर अर्जुन जि.सी.ले बताउनु भयो । सो प्राविधीक सामाग्री कक्ष खैराकोट–९ मा थियो भने विजुवार बजार स्थित स्टुडियो विच एस्. टि. एल. सिस्टम थियो । ३ लाख रुपैयाँको अडियो प्रोसेसर , ४ लाख २५ हजार को एस. टि. एल. रिसिभर सेट, ६४ हजारको २ थान कम्प्युटर, उपकरण कक्ष सँगै त्यस् कक्षमा रहेका अन्य सामाग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने ९ लाख २५ हजार पर्ने रेडियो ट्रन्समिटरका विभिन्न पार्ट–पुर्जाहरु पनि जलेका छन् । रेडियो ट्रान्समिटर मर्मत गर्न सकिने वा नसकिने र मर्मत भएमा कति रकम लाग्ने यकिन भएको छैन । रेडियो लिस्नेआवाजले यो विपतको घडीमा सम्पूर्ण महानुभाव समक्ष रेडियो सञ्चालनमा ल्याउनको लागि सहयोग गर्न हार्दिक अनुरोध गरेको छ । रेडियो आज विहान ७:२८ बजे देखी बन्द छ । थप जानकारीको लागि ९८४७८३८००७ ।
so sad...
ReplyDeleteरेडियो लिस्नेआवाजको अपिल
ReplyDeleteआदरणिय देश बिदेशमा रहनु हुने महानुभावहरु ! हाम्रो रेडियो लिस्नेआवाज ‘जनताको रेडियो, जनताको आवाज’ को मुलनारालाई आत्मसाथ गर्दै तपाईहरुमाझ प्रसारण हुँदै आइरहेको थियो । प्रत्यक्ष रेडियो रिसीभरसेट र इन्टरनेट अनलाइन मार्फत देश विदेशमा रहनुहूने लाखाँै श्रोता महानुभावको मनमनमा बस्न यो रेडियो सफल भएको छ । यही फाल्गुण–६ गते शनिवार भएको आगलागीबाट रेडियोको महत्वपुर्ण उपकरणहरु पूर्णरुपमा क्षति ग्रस्त हुँदा हामि सवै मर्माहत भएका छौँ । यो दुर्घटनाले रेडियो बन्द हुन पुगेको छ । रेडियोको पुननिर्माणको लागि रेडियो बचत कोषमा त्यती ठुलो रकम नहँुदा तपाई समक्ष सहयोगी हातहरुको अपेक्षा राख्दछौँ । तपाइको सानो सहयोगले हाम्रो ठुलो कार्य सम्पन्न हुनेछ । तपाइले गर्नुभएको सहयोग हामि कदापी भुल्ने छैनाँै । हामि तपाइको नाम, ठेगाना र सहयोग राशी विभिन्न सञ्चार माध्यमहरुबाट प्रसारण÷प्रकाशन गर्नेछौँ । यदि तपाइले चाहनुभएमा सो रकम रेडियोको सेयर रकमको रुपमा पनि परिणत गर्न सक्नेछौँ । हाम्रो अभिलेखालयमा तपाइको महत्वपूर्ण सहयोग रहनेछ । तपाइ सहयोग गर्न चाहनुहून्छ भने ९८४७८३८००७ मा कृपया फोन गर्नुहोला ।१} हाम्रो रेडियोको बैंक खाता नम्बरहरु, एस (ACE ) डेभलपमेन्ट बैंक प्यूठान शाखा:-०१० ०१००० ४६९० १CA१ २} राष्ट्रिय बाणिज्य बैंक, प्यूठान शाखा:- बचत हिसाव नम्बर -१०६५०(जनसंचार सहकारी संस्था लिमिटेड रेडियो लिस्ने आवाज ) ३} नेपाल बैंक लिमिटेड प्यूठान शाखा :- हिसाव नम्बर :- १३३११/११ आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरुको लागि यी तिन वटै बैंक खातामा सहयोग जम्मा गर्न अनुराध गर्दछौं भने विदेशमा रहेर सहयोग गर्न चाहनुहुने महानुभावले रेमिट मार्फत ट्रान्सफर गरिदिनुहुन अनुरोध छ l प्राबिधिक सामाग्रीहरु प्रदान गरेर पनि सहयोग गर्न सक्नुहुने छ l कृपया सहयोग गर्न चाहनु हुने महानु भावले एक पटक फोन गर्नुहुन अनुरोध गर्दछौं l रेडियो लिस्नेआवाज १०३.६ मेघाहर्ज, प्यूठान
रेडियो लिस्नेआवाजको अपिल

so sad yar ,
ReplyDelete