Thursday, February 23, 2012

शिक्षक हरु नियमित विद्यालयमा नआएको भन्दै तालाबन्दी

रविन पि.एम. प्यूठान फागुन ११, ।  प्यूठानको लिघा गाविसमा रहेको अन्धानासक प्रस्तावित माबिमा विद्यार्थीहरुले विहीबार विद्याालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।  विद्यालयका प्रधानाध्यापक नेपालसिंह पुरी बिगत १ हप्ता देखि विद्यालयमा अनुस्पथित रहेको र विद्यालयका अन्य केहि शिक्षकहरु पनि नियमित रुपमा विद्यालयमा उपस्थित नहुने गरेको भन्दै कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुमन बुढाथोकीको नेतृत्वको विद्यार्र्थीहरुले तालाबन्दी गरेको एक विद्यार्थीले बताएका छन ।
विद्यार्थीहरुले शिक्षकहरु विद्यालयमा नियमित उपस्थित हुनुपर्ने ,पठनपाठन पनि नियमित हुनु पर्ने लगायतका माग राखेका छन । उनीहरुले आफ्नो माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने चेतावनीसमेत दिएका छन ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।