Tuesday, February 21, 2012

जीप दुर्घटनाका घाइतेलाई उपचार गराउन समस्या

एलबी थापा

प्यूठान, फागुन ९ । हिँजो दिउँसो प्यूठानको दाखाक्वाडीमा जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचार गराउन समस्या भएको छ । दुर्घटनामा परी जिल्ला अस्पत्ताल विजुवारमा उपचार गराइरहेका घाइतेहरुलाई अस्पत्तालमा चिकित्कसक नहुँखा उपचार गराउन समस्या भएको हो । अहिले उपचारका लागि जिल्ला अस्पत्तालमा कार्यरत तिनै जना डाक्टर छैनन् । अस्पत्ताल प्रशासन शाखाका अनुसार बिगत १५ दिनदेखि मेडिकल सुपरिडेन्टेन्ट डा. सुधा देबकोटा, एकसातादेखि डा. शैलेष श्रेष्ठ र निमित्त पाएका डा. स्वरुप श्रेष्ठ पनि ५ दिनदेखि अस्पत्तालमा हाजिर छैनन् ।
जीप दुर्घटना परी आर्थिक अभावले थप उपचारका लागि जिल्ला बाहीर जान नसकेकाहरुलाई उपचारमा कठिनाई भएको छ । घाइते भई उपचारका लागि अस्पत्ताल आउँदा कार्यरत चिकित्सकले नामदर्ता कार्ड र रिफर पुर्जि एकैसाथ दिने गरेको  पिडितहरुले गुनासो गरेका छन् । हाल जिल्ला अस्पत्तालमा कल्पाना नेपाली, सरस्वता पोखरेल, राधा श्रेष्ठ, गंगा बस्याल र मायाँ नेपालीले उपचार गराइरहेका छन् भने अन्य जिल्ला बाहीर कोहलपुर मेडिकल कलेजमा रिफर भएका छन् ।
 आजसम्म दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । जीप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका बाहेक उपचारका क्रममा थप २ जनाको मृत्यु भएको थियो । तिब्र गति र यात्रु संख्या धेरै भएकाले बे्रक फेल हुँदा जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपमा २२ जना यात्रुहरु सवार रहेका थिए । लु १ ज १६६८ नं को जीप बरौंलाबाट विजुवार आउँदै गर्दा दाखाक्वाडी ३ को बेलुवामा दुर्घटनाग्रस्त भएको थियो । यसैबिच पिडित परीवारले आज बिहानैदेखि उचित क्षतिपूर्तीको माग गर्दै सो क्षेत्रमा प्रदर्शन र चक्काजाम गराएका छन् । यातायात अवरुद्ध हुँदा जिल्लाबाट बाहीर जाने लामा दुरीका साधन र बाहीरबाट जिल्ला भित्रले कुनैपनि सवारी साधनहरु चल्न सकेका छैनन् ।

No comments:

Post a Comment

यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।