एलबी थापा
प्यूठान, फागुन ८ । प्यूठानको दाखाक्वाडीमा आज दिउँसो भएको जिप दुर्घटनामा ३ जनाको ज्यान गएको छ । बरौंलाबाट विजुवार आउँदै गरेको लु १ ज १६६८ नं को जिप बेलुवा बगर खेलमैदान नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा घटनास्थलमै ज्यान जानेमा दाखाक्वाडी ३ चेर्नेटा निवासी दुर्गा बहादुर धामी, बिजुली ३ का लाल प्रसाद श्रेष्ठ र धुवाङ ३ बस्ने नाम नखुलेका लाटो भनि चिनिने रहेका छन् । दुर्घटनामा चालकसहीत १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
घाइते सबैको अवस्था गम्भिर हरको र चालक हरी शाह सहित ४ जनालाई कोहलपुर मेडिकल कलेजमा थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पत्ताल विजुवारले जनाएको छ । जीपमा सवार हुनेको संख्या एकिन हुन सकेको छैन भने तिब्र गतिका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृत्यु हुनेको अवस्था क्षतबिच्छेद रहेको र घाइते हुनेको अवस्था दर्दनाक रहेको प्रत्यदर्शिले बताएका छन् ।
घाइते हुनेहरुमा धुवाङ ३ विमला राना वर्ष ३२, शेरबहादुर राना वर्ष ३५, विजुली ३ का सरला थापा वर्ष ३०, श्रृजना खड्का, हेमन्त विक, विजुली ५ का विष्णु श्रेष्ठ, इन्द्र बोहोरा पकला १, कैलास रावत रस्पुरकोट, सरस्वता पोख्रेल माझकोट ७, राधा श्रेष्ठ विजुली ६, कल्पना नेपाली रम्दी ३, गंगा बस्नेत विजुली ३, माया नेपाली विजयनगर २ र एक जना नाम नखुलेका महिला र २ वटा अन्दाजी २ वर्षका बच्चा घाइते भएका छन् । घाइते मध्ये चालक क्याप्टेन भनिने हरिबहादुर शाह, सहचालक हेमन्त विक, नाम नखुलेको १ महिला र शेरबहादुर खड्कालाई जिल्ला अस्पताल विजुवारमा सामान्य उपचारपछि थप उपचारका लागि कोहरपुर रिफर गरिएको जिल्ला अस्पताल विजुवार प्यूठानले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी सहायक निरिक्षक प्रमोद क्षेत्रीले बताए ।


shiva ko prasad khayar drive garejasto lagyo
ReplyDelete