प्यूठान, kmfu'g $। जिल्लामा आगामी फागुन महिनाको पहिलो सातामा मध्यपश्चिमाञ्चल स्तरिय क्षेत्रीय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी मेला संचालन हुने भएको छ । फागुन ५ देखी ८ गतेसम्म स्वर्गद्धारी बहुमुखी क्याम्पसमा संचालन गरिने आयोजक घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय प्यूठानले जनाएको छ । मेलाका लागि तयारी भैरहेको आयोजकले जनाएको छ ।
मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लाका उद्यमीहरुको सहभागिता रहने मेलामा स्थानीय उत्पादित बस्तुका साथै प्रविधि प्रर्दशनी गरिने छ । लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित बस्तु प्रदर्शनीले जिल्ला, क्षेत्रको पहिचानका साथै व्यवसायिकतामा समेत सहयोग पुग्ने आयोजले जनाएको छ । मेलाकै अवसर पारेर स्थानीय लोक सास्कृति झल्कने सांस्कृतिक प्रदर्शन समेत भएको छ । जसमा जिल्लाकै पहिचान मानिने सराएँ नाँच तथा मारुनी नाँच प्रदर्शन गरिनेछ । मेलामा जिल्ला स्तरिय खुल्ला लोकदोहोरी प्रतियोगिता र क्लव स्तरिय भलिवल प्रतियोगिता संचालन गरिने घरेलुका कार्यालय प्रमुख दिपक कुमार आचार्यले बताउनुभयो ।
मेलाको सह–आयोजकहरुमा जिल्ला विकास समिति प्यूठान, प्यूठान उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला लघु उद्यमी संघ, ग्रामिण आर्थिक विकास मञ्च, कालिका विकास केन्द्र नेपाल, विजुवार गाविस रहेका छन् ।
No comments:
Post a Comment
यसप्रतिको तपाईको कुनै प्रतिक्रिया भए राख्न सक्नुहुन्छ । त्यसका लागि तलको बक्समा कृपया प्रतिक्रिया टाइप गरी Publish मा क्लिक गर्नुहोस् ।