प्युठान, २९ माघ -युस)- राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता खेमराज पण्डितको आइतवार हृदयघातबाट निधन भएको छ । ७० वर्षीय पण्डित काठामाडांैमा बस्दै आए पनि उहाँ अहिले पार्टीको कामको सिलसिलामा गृहजिल्ला प्युठान आउनुभएको थियो ।
प्युठानको लिवाङ टिमुरचौर जानुभएका पण्डित बाटोमा हि“ड्दाहि“ड्दै एक्कासी बेहोश हुनुभएको थियो । बेहोश अवस्थामै पण्डितको निधन भएको बताइएको छ । मोहनविक्रमसिंह निकट रहेर कम्युनिष्ट राजनीति शुरु गर्नुभएका पण्डित पछि सिंहस“ग अलग भएर २०२७ सालमा पुष्पलाल समूहको केन्द्रीय सदस्य बन्नुभएको थियो । त्यसपछि उहाँ पञ्चायत प्रवेश गरी २०३९ सालमा प्युठान जिल्ला पञ्चायत सभापति र २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभएको थियो । उहा“का २ छोरा र १ छोरी छन् । उहा“को पार्थीव शरीर अहिले श्रद्धाञ्जलीका लागि उहा“को निवासमा राखिएको छ भने दाहसंस्कार सोमवार गरिने राप्रपा प्युठानले जनाएको छ ।

Heaven is a place nearby, so there's no need to say goodbye..for our great pyuthani politician leader Mr. Kham Raj Pandit.......
ReplyDeleteHeaven is a place nearby, so there's no need to say goodbye..for our great pyuthani politician leader Mr. Kham Raj Pandit.......
ReplyDelete